Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

रमेश श्रेष्ठको ‘चिशंखुगढी’ सार्वजानिक


समृद्ध अनलाईन ५ आश्विन २०७८, मंगलवार १७:१० मा प्रकाशित ( हफ्ता अघि) ४९३९० पाठक संख्या

काठमाण्डौं, असोज ५ गते । ओखलढुंगा जिल्लाको “चिशंखुगढी” गाउँपालिकाको चिनारी गीत सार्बजनिक भएको छ । रमेश श्रेष्ठको उत्कृष्ट शब्दमा सजिएको गीतको भिडियो आज सार्बजनिक भएको हो ।

गीतमा रहेका शब्द अनुसार भिडियोमा गाउँपालिकाका प्राय सबै स्थान समेटीएको देखिन्छ । गीत छायाँङ्कन गर्दा गाउँपालिकामा रहेका धार्मिक स्थल, ओखलढुंगा जिल्लाकै चिर परिचित रातमाटे झरना, ठोट्नेखोला, दुधकोशी नदी देखि हिउ पर्ने फिरफिरेसम्म भिडियोमा समेटिएको छ । प्रबासमा बसेर पनि गाउँको माया गर्दै आफ्नो गाउँलाई संसारभर चिनाउने लक्ष्यका साथ गीत तयार गरिएको गीतकार रमेश श्रेष्ठले बताए । आफ्नो गाउँपालिकाको चिनारी गितमा गाउँपालिकाका सबै स्थानको मौलिकतासँगै धर्म, संस्कृती, परम्परा र भूगोललाई समेटीएको उनको भनाइ छ ।

संगीतकार बिक्रम राईको संगीत र युगल आवाजमा रोकेमी राई र बिक्रमको सुमधुर आवाजमा सजिएको गीतको संगीत समायोजन देबेस राईले गर्नु भएको छ । गीतमा स्थानीय कलाकारहरु सर्मिला श्रेष्ठ, रमेश श्रेष्ठ र दुर्गा कार्कीको अभिनय रहेकोे छ । गीतमा निर्देशन रामजी तामांगले गरेका छन् भने छायांकन, सम्पादन प्रवेश राई, आइ क्रियसनले गरेको हो ।

भिडीयो