Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

जिल्ला कारागारमा दुई जना कैदीबन्दी


समृद्ध अनलाईन ६ आश्विन २०७८, बुधबार १५:५१ मा प्रकाशित ( हफ्ता अघि) ११९१९ पाठक संख्या

मनाङ, असोज ६ गते । जिल्ला कारागार मनाङमा जम्मा दुई जना कैदीबन्दी रहेका छन् । संविधान दिवसको अवसरमा पाँच जना कैदीबन्दी रिहा भएपछि दुईजना बाँकी रहेका हुन् ।

अब कारागारमा एकजना सुन तस्करीका र जबर्जस्ती करणी मुद्दाका एकजना गरी कारागारमा जम्मा दुई जना मात्रै कैदी बन्दी रहेका हुन् । मनाङमा हाल एउटा घर भाडामा लिएर कारागार सञ्चालन गरिदै आएको छ सो कारागारमा १० जना केदीबन्दी राख्न सकिने क्षमता छ । हाल २५ जना क्षमताको नयाँ भवन निर्माण भएको छ ।

उक्त भवनमा बाढी प्रभावित नागरिक राखिएको छ । कारागारमा जेलर, अहेब पद रिक्त छ । हाल एकजना खरिदार र तीन जना कार्यालय सहयोगी छन् । प्रहरी सहायक निरीक्षकको कमाण्डमा १५ जना सुरक्षाकर्मी खटिएको जनाइएको छ ।