Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

कांग्रेसको २१ जिल्लामा असोज १८ मै अधिवेशन हुने


समृद्ध अनलाईन ७ आश्विन २०७८, बिहीबार २२:४९ मा प्रकाशित ( हफ्ता अघि) १२७२७ पाठक संख्या

काठमाडौँ, असोज ७ गते । नेपाली काँग्रेसले २१ हिमाली जिल्लामा अधिवेशन दशैअघी नै गर्ने भएको छ । विहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले हिमाली जिल्लामा पूर्वनिर्धारित समयमै अधिवेशन गर्ने निर्णय गरेको हो ।

वडा अधिवेशन सकिएका ६४ जिल्लामा ९ असोजमै पालिका तहको अधिवेशन सुरु निर्वाचन समितिका सदस्य यज्ञराज पोखरेलले बताए । दसैंपछि हिमाली जिल्लामा चिसो बढ्ने भएकाले असोज १८ भित्रै २१ जिल्लामा अधिवेशन सम्पन्न गरिने उनको भनाइ छ । पोखरेलका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम (पूर्व) र म्याग्दी गरी २१ जिल्लामा असोज १८ भित्र जिल्ला अधिवेशन सम्पन्न हुने छ । तर, डोल्पा र रसुवामा भने क्रियाशील सदस्यताकै टुंगो लागेको छैन । ५६ जिल्लाको प्रदेश, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दसैँ र तिहाबारको बीचमा सकिने पोखरेलले बताए ।

१२ असोजमा प्रदेश सभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका रहेकोे छ । तर, ५६ जिल्लामा उक्त तालिका अनुसार अधिवेशन नहुने भएको छ । यस्तै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।उहाँका अनुसार प्रदेश अधिवेशन र महाधिवेशनको कार्यतालिका पनि परिर्वतन हुने भएको छ ।