Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

आईसियू अभावमा सोलुखुम्बुको कोसीपारीको क्षेत्रमा विद्यार्थीको निधन


समृद्ध अनलाईन ७ आश्विन २०७८, बिहीबार २३:०० मा प्रकाशित ( हफ्ता अघि) ९६९७ पाठक संख्या

सोलुखुम्बु, असोज ७ गते । सोलुखुम्बुको कोसीपारीको क्षेत्रमा आईसियू अभावमा एक विद्यार्थीको ज्यान गएको छ । केही दिनदेखि ज्वरोसहितको मौसमी फ्लुबाट ग्रसित सोताङ २ स्थित मदन–आश्रित विद्यालयका आठ वर्षीय बाबुराम राईको निमोनियाका कारण बुधबार राती निधन भएको हो ।

प्राथमिक अस्पताल सोताङमा अन्तिम अवस्थामा ल्याइएका राईको त्यहाँ उपचार हुन नसकेपछि ज्यान गएको थियो । अस्पताल लैजाँदैगर्दा राईको बाटैमा मृत्यु भएको अस्पतालका डाक्टर नारायण बरालले जानकारी दिए । कडा निमोनियाका कारण आईसियू अभावमा राईलाई बचाउन नसकिएको डा. बरालको भनाइ छ ।

सोताङमा अधिकांश मौसमी फ्लुका बिरामी बढेको अस्पतालले जनाएको छ । अस्पतालमा आइसियू सेवा नहुँदा बिरामी समस्यामा पर्दैगएको स्थानीयको गुनासो छ ।