Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

सोताङमा रहेको एनएमबी माइक्रोफाइनान्सकि एक कर्मचारी शुक्रबार देखि सम्पर्क विहीन


समृद्ध अनलाईन ९ आश्विन २०७८, शनिबार २२:५५ मा प्रकाशित ( हफ्ता अघि) २९१९० पाठक संख्या

सोलुखुम्बु, असोज ९ गते ।  एनएमबी माइक्रोफाइनान्स लिमिटेड सोताङमा कार्यरत एक कर्मचारी शुक्रबार अपराह्न देखि सम्पर्क विहीन हुनुभएको छ । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की शुक्रबार ४ः२५ देखि सम्पर्क विहीन भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक कवित कटवालका अनुसार अपराह्न ४ः२२ मा साथिलाई सन्देश पठाएको र ४ः२५ देखि मोवाइल अफ भएको छ । मासिक बैठक सञ्चालनका लागि माप्यदुधकोशी–६ र ७ मा दुइ जना कर्मचारी संगै गएको भएपनि सोलाबनबाट हाकुला जानेक्रममा छुट्टिएपछिको अवस्था थाहाँ नभएको उहाँका बुबा चित्रबहादुर कार्कीले बताए ।

अहिले त्यस क्षेत्रमा प्रहरी चौकी वाकु, इलाका प्रहरी कार्यालय सोताङ, स्थानीयवासी तथा पावैबाट आएका घरपरिवारले खोजी कार्य जारी राखेको भएपनि पत्ता लाग्न नसकेको प्रनाउ कटवालले बताए । खोजी कार्यमा सहयोग गरिदिन घरपरिवारले सबैसंग अनुरोध गरेका छन् । उनि ढेड वर्ष देखि उक्त लघुवित्तमा कार्यरत रहेको बताइएको छ ।