Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

नेकपा एकिकृत समाजवादी ओखलढुंगामा ७५ सदस्यिय जिल्ला कमीटी घोषणा


समृद्ध अनलाईन ११ आश्विन २०७८, सोमबार १९:३३ मा प्रकाशित ( हफ्ता अघि) ४३१२८ पाठक संख्या

ओखलढुंगा असोज ११ गते । ओखलढुंगामा नेकपा (एकिकृत समाजवादी)को जिल्ला कमिटी घोषणा भएको छ । यस अघि नेत्रप्रसाद भट्टराईको अध्यक्षतामा बनेको तदर्थ समितिलाइ भंग गरी हंशराज वाग्लेको अध्यक्षतामा नेकपा (एकिकृ समाजवादी)को जिल्ला कमिटी घोषणा गरिएको हो ।

जिल्ला कमिटिको जिम्मेवारी पाउनेहरुमा उपाध्यक्षमा मेख बहादुर खड्का, मावर सुनुवार र निर्मला श्रेष्ठ रहनु भएको छ भने सचिवको जिम्मेवारी भने नरेन्द्र श्रेष्ठले पाउनु भएको छ । त्यस्तै सहसचिवहरुमा दिपक फुयाल, कमल खड्का, सन्जिव गुरुङ, रामकुमार सुवेदी र कलावती राई रहनु भएको छ । भर्खरै भएको नेपाली कांग्रेसको स्थानीय तहको निर्वाचनमा पदाधिकारी पदमा महिलालाई नल्याएको बहस चलिरहदा एकिकत समाजवादीले जिल्ला कार्य समितिको कार्यकारिणी पोष्टमा महिलालाई समावेश गराएको छ ।

वाग्लेको अध्यक्षतामा ७५ सदस्यिय जिल्ला कमिटी संगै जिल्लमा पार्टी निकट युवा संगठनको २५ तथा १५ सदस्यिय पार्टी सल्लाहकार समिती समेत गठन गएिको जिल्ला कमिटिमा परेका सदस्यहरुको नामावली भने मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने नेकपा एकिकृत समाजवादीका अध्यक्ष हंशराज वाग्लेले बताए । आफुहरु हिजो पनि ओलीको प्रतिगमनका विरुद्ध रहेको र आज पनि एमालेमा रहेर जिल्लामा जनताको जनमतको कदर नगर्नेहरुको भण्डाफोर गर्दै ओखलढुंगेली क्रान्किारी कम्युनिष्ट एकताका लागि लागि पर्ने बताए । आफू कम्युनिष्टपार्टीको मूलधारमा रहेको बताउँदै उहाँले एकिकृत समाजवादी कम्युनिष्ट पार्टीको संस्थापन भएको दावी गर्दै विचलीत हुनुभएका नेता कार्यकर्तालाई पार्टीमा गोलबन्द हुन आब्हन समेत गरे ।

तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहदा ओखलढुंगामा बनेको नेकपा एमालेको समानान्तर कमिटि एकिकृत समाजवादीमा रुपान्तरण भएको थियो । समानान्तर कमिटिमा रहेका केही नेताहरु भने पुन एमालेमा नै फर्किएका छन् । जिल्ला कमिटि घोषणा नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य नेत्रप्रसाद भट्टराईको उपस्थितीमा भएको हो ।