Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

खारेज भयो राजनीतिक दलसम्बन्धी अध्यादेश


समृद्ध अनलाईन ११ आश्विन २०७८, सोमबार २१:०६ मा प्रकाशित ( हफ्ता अघि) ९५९६ पाठक संख्या

काठमाण्डौं, असोज ११ गते । । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी हुन ।

राष्ट्रपति कार्यालयले सोमबार राति एक विज्ञप्तिमार्फत सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गरेको जानकारी गराएको छ । विज्ञप्तिमा  ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८–०६–११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड ख बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ’,  भनिएको छ ।