Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

ओखलढुंगामा यात्रुबाहक बस दुर्घटना, एकजना गम्भिर घाइते


समृद्ध अनलाईन १६ आश्विन २०७८, शनिबार ०९:४२ मा प्रकाशित ( हफ्ता अघि) ७९८० पाठक संख्या

ओखलढुंगा, असोज १६ गते । ओखलढुंगाकोे चम्पादेवी गाउँपालिकाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा चम्पादेवी ६ का मिनबहादुर खड्का घाइते भएका छन् ।

बा३ख९३०४ नम्बरको बस आज विहान साढे ६ बजे भदौरे भन्ने स्थानमा सडकमा चिप्लिएर पल्टिएको हो । खड्रकाको प्राथमिक स्वास्थ्य केन्द्र रानीवनमा प्राथमिक उपचार पस्चात हेलीकप्टरबाट काठमाण्डौं पठाउने तयारी भइ रहेको वडा नं. ६ का वडा अध्यक्ष तिलक खड्रका बिद्रोहले जानकारी दिए ।
बसमा २१ जना यात्रु रहेका थिए । अन्य यात्रु भने सकुशल छन् ।