Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

लाखौ भारतीय नोट सहित ईलाममा एक जना पक्राउ


समृद्ध अनलाईन १८ आश्विन २०७८, सोमबार १४:१५ मा प्रकाशित ( हफ्ता अघि) ७३७४ पाठक संख्या

ईलाम, असोज १८ गते । ईलामको सुर्याेदय नगरपालिका ६ हर्कटे चोकबाट प्रहरीले लाखौ भारतीय नोट सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सुयर्योदय नगरपालिका १० फिक्कल का ३५ बर्षीय अनुप अग्रवाल रहेका छन् ।

हिजो बेलुका ४ बजे प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवालले सवार गरेको मे १ च ६४२४ कारलाई चेकजाँच गर्ने क्रममा अग्रवालको साथमा रहेको कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरि भारतिय रुपिया ११ लाख फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखि कानुनि कारबाहीको लागी आन्तरिक राजस्व कार्यालय ईटहरीमा पठाउने पहल भईरहेको प्रहरीले जनाएको छ ।