Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ


समृद्ध अनलाईन १८ आश्विन २०७८, सोमबार १४:२२ मा प्रकाशित ( हफ्ता अघि) ९३९४ पाठक संख्या

विराटनगर, असोज १८ गते । मोरङको उर्लाबारी नगरपालिका ५ स्कुल डाँडाबाट प्रहरीले प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटोका २४बर्षीय कृष्ण उराँउ, पथरी शनिश्चरे नगरपालिका ३ का २२ बर्षीय अर्जुन राई र बेलबारी नगरपालिका १० का शिब कुमार कार्की रहेका छन् ।

आइतबारर बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रतिबन्धित औषधि Tramadol ४१७  क्याप्सुल र Spaspain-४१७ क्याप्सुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको छ ।