Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

झपा र खोटाङमा लडेर दुईजनाको मृत्यु


समृद्ध अनलाईन १८ आश्विन २०७८, सोमबार १४:३१ मा प्रकाशित ( हफ्ता अघि) ४२४३ पाठक संख्या

अर्जुनधारा, असोज १८ गते । झापा र खोटाङमा लडेर दुईजनाको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिका २ सुकेडाँगीका ४२ बर्षीय राजबहादुर राईको रुखबाट लडेर र खोटाङ दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्रङ कि ६० बर्षीया कमला राईको घरको वरण्डाबाट लडेर मृत्यु भएको हो ।

हिजो दिनको साढे २ बजे घिरौला टिप्न रुखचढेका राजबहादुर रुखबाट लडेर गम्भिर घाईते भएका उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोवेल अस्पताल विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।

घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको जिल्ला परुहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै गरि खोटाङ दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्रङ की ६० बर्षीया कमला राई आफ्नै घरको बरन्डाबाट लडी गम्भिर घाईते भएकी र जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।