Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

खनाल निवासमा कलाकारहरुलाई (एकीकृत समाजवादी)मा स्वागत


समृद्ध अनलाईन २३ आश्विन २०७८, शनिबार २१:४४ मा प्रकाशित ( हफ्ता अघि) ५२३१९ पाठक संख्या

काठमाण्डाै, असोज २३ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल र कलाकर्मीहरु बिच छलफलमा खनाल निवासमा कलाकारहरुलाई (एकीकृत समाजवादी)मा स्वागत गरिएको छ । खनाल निवासमा विभिन्न क्षेत्रमा कलाकारिता गरिरहेका कलाकारहरु  कलाकारहरुलाई (एकीकृत समाजवादी)मा स्वागत गरिएको हो ।

जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य टेकेन्द्र न्यौपानेको अगुवाइमा नृत्य निर्देशक कलाकार रोशन श्रेष्ठ, नायिका सुस्मा निरौला, निर्देशक कल्याण अधिकारी, नायक प्रदिप गिरि, सहायक निर्देशक रामजी सहितको कलाकारको टोली खनाल निवास पुगेको थियो ।
भेटघाटमा सहायक निर्देशक रामजी रावत, सुष्मा निरौला र निर्देशक कल्याण अधिकारीले आफुहरु एकीकृत समाजवादी नकिटका जनसांस्कृतिक महासङ्घमा प्रबेश गेका थिए ।

पूर्वप्रधानमन्त्री खनाल निवासमा कलाकाहरुलाई युवा सङ्घ नेपालको केन्द्रीय उप–महासचिव निर्भिक खनालले खदा ओढाइ प्रबेश गर्ने कलाकारहरुलाई पार्टीमा स्वागत गरेका थएि । उक्त कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य राजेश थापा, युवासंघ नेपालको केन्द्रीय सदस्य अच्युत खनाल, समाजसेवी प्रेम प्रसाद जैसी सहितको उपस्थिति थियो ।