Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

बर्दियामा पुनःबाघको आक्रमण, एकजना बेपत्ता


समृद्ध अनलाईन २५ आश्विन २०७८, सोमबार २३:०५ मा प्रकाशित ( दिन अघि) ५०५१ पाठक संख्या

बर्दिया, असोज २५ गते । बर्दियाको गेरुवा ४ शान्तिपुर ढकुनियामा भैंसी चराई रहेका एक पुरुषलाई सोमवार अपरान्ह बाघले आक्रमण गरी जंगलमा लगेको छ । बर्दिया राष्टिय निकुञ्जले दिएको जानकारी अनुसार गेरुवा ७ शान्तिपुर ढकुनियाका स्थानीय ३७ वर्षिय जनकबहादुर थारुलाई वनमा भैंसी चराईरहेको बेला बाघले आक्रमण गरेर जंगलतर्फ लगेको सूचना आएको छ ।
नजिकैको वनमा भैंसी चराउन गएका थारुलाई बाघले झम्टेर जंगलतर्फ लगेको गेरुवा उपभोक्ता समितिका अध्यक्षले सोमवार बेलुका ५ बजे जानकारी गराएको बर्दिया राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताउए ।
उनले जानकारी आउने वित्तिकै निकुञ्जको बन्जरिया पोष्ट र ओखरिया पोष्टबाट ४ वटा हात्तिसहित सेनाको टोलीलाई थारुको खोजी कार्यमा लगाईएको बताए ।
हात्ती सहितको टोलीले थारुको खोजविन गरिरहेपनि राती परेकोले खोजी कार्यमा समस्या भएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठको भनाइ छ । उनले खोजी कार्य जारी रहेपनि थारुको अवस्था बारे केही पनि पत्ता नलागेको बताए ।
गत केही समययता बाँके र बर्दिया निकुञ्ज वरिपरिका क्षेत्रमा बाघले निरन्तर मानिसमाथि आक्रमण गर्दै आएको छ ।