Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

ओखलढुंगामा आत्मदाह गरेर महिलाको मृत्यु


समृद्ध अनलाईन २५ आश्विन २०७८, सोमबार २३:५९ मा प्रकाशित ( दिन अघि) ४९५९२ पाठक संख्या

ओखलढुंगा,असोज २५ गते । ओखलढुंगाको लिखु गाउँपालिका ३ मा एक महिलाले आत्मदाह गरेकी छन् । नर्मदेशवरकी ३८ वर्षीया सर्मिला सुनुवार जोगी नाम गरेकी महिलाले आइतबार नै शरीरमा मट्टीतेल खन्याएर आगो सल्काई आत्मदाह गरेकी हुन् । सुरुमा मृतकका श्रीमान दीर्गबहादुर जोगीले देख्ने बत्तिकै आगो निभाएका थिए । घाइते भएकी उनको क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीलाई सोमबार मात्रै जानकारी प्राप्त भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताए ।
घटनाको जानकारी पाउने बित्तिकै प्रहरी टोली सोमबार नै घटनास्थल पुगेर मुचुल्का उठाई पोष्टमार्टमको तयारी थालेको छ । स्थानीयका अनुसार उर्मिलाको परिवार विपन्न परिवार हो । उनी केही वर्षअघि सवारी दुर्घटनामासमेत परेकी थिइन् ।

उनलाई तत्कालीन अवस्थामासमेत गाउँलेले पैसा जुटाएर उपचार गराएका थिए । डिप्रेशनको समस्याबाट समेत उनी बुज्रिएको स्थानीयहरु बताउँछन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गर्ने जनाएको छ । उनले शरीरमा आगो लगाएको देखेर दीर्गबहादुरकी जेठी श्रीमति र १२ वर्षीय छोराले देखेर हल्ला गरेका थिए ।ओखलढुंगा,असोज २५ गते । ओखलढुंगाको लिखु गाउँपालिका ३ मा एक महिलाले आत्मदाह गरेकी छन् । नर्मदेशवरकी ३८ वर्षीया सर्मिला सुनुवार जोगी नाम गरेकी महिलाले आइतबार नै शरीरमा मट्टीतेल खन्याएर आगो सल्काई आत्मदाह गरेकी हुन् ।
सुरुमा मृतकका श्रीमान दीर्गबहादुर जोगीले देख्ने बत्तिकै आगो निभाएका थिए । घाइते भएकी उनको उपचारको  क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीलाई सोमबार मात्रै जानकारी आएको  जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताए ।
घटनाको जानकारी पाउने बित्तिकै प्रहरी टोली सोमबार नै घटनास्थल पुगेर मुचुल्का उठाई पोष्टमार्टमको तयारी थालेको छ । स्थानीयका अनुसार उर्मिलाको परिवार विपन्न परिवार हो । उनी केही वर्षअघि सवारी दुर्घटनामासमेत परेकी थिइन् ।
उनलाई तत्कालीन अवस्थामासमेत गाउँलेले पैसा जुटाएर उपचार गराएका थिए । डिप्रेशनको समस्याबाट समेत उनी बुज्रिएको स्थानीयहरु बताउँछन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गर्ने जनाएको छ । उनले शरीरमा आगो लगाएको देखेर दीर्गबहादुरकी जेठी श्रीमति र १२ वर्षीय छोराले देखेर हल्ला गरेका थिए ।