Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

खोटाङमा भीरबाट लडेर एक जना पुरुषको मृत्यु


समृद्ध अनलाईन २९ आश्विन २०७८, शुक्रबार २१:४२ मा प्रकाशित ( महिना अघि) १४८४८ पाठक संख्या

खोटाङ, असोज २९ गते । खोटाङमा भीरबाट लडेर एक जना पुरुषको मृत्य भएको छ। संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको नङ्रेखोलाको भीरबाट लडेर मृत्यु भएको हो।

दशै मनाउन श्रीमतीसँगै बाम्राङ खत्री गाउँ ससुराली आएका राउतको दशैको टीका लगाएर फर्कने क्रममा नङ्रेखोलाको भीरबाट अन्दाजी ५० मिटर तल खसेर घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए ।