Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

झापा लगायत पूर्वी नेपालमा पेट्रोलको अभाव


समृद्ध अनलाईन ३१ आश्विन २०७८, आईतवार २०:२३ मा प्रकाशित ( महिना अघि) १६७६७ पाठक संख्या
बिर्तामोड, असोज ३० गते । भारतले पूर्वी नेपालको चारआली डिपोका लागि पेट्रोल कम पठाउन थालेपछि  झापामा पेट्रोल अभाव भएको छ। इन्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोले नेपालको पूर्वी जिल्लाहरूको माग अनुसार पेट्रोल नपठाइदिएपछि अहिले झापालगायत पूर्वी नेपालका पेट्रोल पम्पहरूले पेट्रोल वितरण गर्न सकिरहेका छैनन्।
मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अनुसार अहिले झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका लागि साँढे ७ सय किलोलिटर पेट्रोलको माग छ।तर भारतको सिलिगुडी डिपोले शनिवार डेढसय किलोलिटर पेट्रोल मात्र नेपाल पठाएको नेपाल आयल निगम चारआली डिपोका प्रमुख भीम विश्वकर्माले बताए ।उनले भने, ‘भारतबाटै चाहिएजति पेट्रोल नेपाल आएको छैन ।
हाम्रो च्यानलबाट भारतमा कुरा गर्ने काम भइरहेको छ।’ दशैं लागेलगत्तै भारतले पेट्रोल कम पठाउन थालेको मेची पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ।