Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

सोलुखुम्बुमा रोकेर राखेको जेसिभिमा आगजनी


समृद्ध अनलाईन ३१ आश्विन २०७८, आईतवार २०:४६ मा प्रकाशित ( महिना अघि) १७४७४ पाठक संख्या

सोलुखुम्बु, असोज ३० गते । सोलुखुम्बुको मिड सोलु हाईड्रोपावरले प्रयोग गरेको जेसिवी मेसिनमा अज्ञात समुहले आगजनी गरेका छन् । सोलुदुधकुण्ड नगरपालिका ६ स्थित मिडसोलु हाईड्रोपावरको कार्यक्षेत्रमा पार्किङ गरिराखेको प्रदेश ३–०१००३ प्र.७०४८ नम्बरको मेसिनमाथी अज्ञात समुहले आगजनी गरेकोे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गत मंगलबार हाईड्रोपावरले कार्यक्षेत्रमै पार्किङ गरि राखेर अपरेटर दशैँ मनाउन घर गएको समयमा मेसिनमा आगजनी भएको प्रहरी निरीक्षक एवं सुचना अधिकारी ओम प्रकाश यादवले जानकारी दिए  । घटनाको जानकारी प्राप्त हुनसाथ जिल्लाप्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डिएसपी) कवित कट्वालसहितको टोली घटनास्थल पुगेका थिए।

सोलुदुधकुण्ड नगरपालिका ६ का दिलकुमार बस्नेतको उक्त जेसिवी मेसिन संगिता कष्ट्रक्सन काठमाण्डौँको नाममा रहेको खुल्न आएको छ । आगजनीबाट पुर्ण रुपमा क्षतिग्रस्त बनेको सो मेसिनको विषयमा अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

काम नलाग्ने गरी क्षतिग्रस्त बनेको उक्त जेसिवी करिब सात महिना देखि हाइड्रोपावरले प्रयोग गर्दै आएको बताइएको छ ।