Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

पूर्वाञ्चलका व्यवस्थापक ढकालद्धारा पत्रकार उपचार कोषलाई २५३३३ प्रदान गर्ने घोषणा


समृद्ध अनलाईन १५ कार्तिक २०७८, सोमबार १०:१६ मा प्रकाशित ( महिना अघि) ९७९८ पाठक संख्या

बिर्तामोड, कार्तिक १५ गते । पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल (सीके अंकल)ले आफ्नो जन्मोत्सवको अवसर पारेर गत शुक्रबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार तीन सय ३३ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

केही समयभित्रै एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गर्ने उनले जानकारी दिएका छन् । १८ वर्ष देखि पूर्वाञ्चल दैनिकमा आवद्ध रहेर क्रियाशील ढकाल लेखक तथा आध्यात्मिक साधकको रुपमा परिचित छन् । उनले पत्रकारको दिगो विकास र पत्रकारको हितमा योगदान गर्न सहयोग प्रदान गर्न लागेको बताए । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ ।

कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ४६ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघका अध्यक्ष एकराज गिरीले जानकारी दिए । कोषमा सहयोग जुट्ने क्रम जारी छ । आफू झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृस्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने ढकालले बताए ।

महासंघ झापा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ–संस्था, सहकारी, बैंक तथा दाता सबैलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ । महासंघ झापाका अध्यक्ष गिरीले यही कार्यकालमा कोषलाई एक करोड पुर्याउने लक्ष्यका साथ काम गरिरहेको बताए ।