Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

भुस्याहा कुकुर नयिन्त्रणका लागि बन्ध्याकरण


समृद्ध अनलाईन १६ कार्तिक २०७८, मंगलवार १२:४७ मा प्रकाशित ( महिना अघि) ११४१४ पाठक संख्या

ओखलढुंगा, कात्तिक १६ गते । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण थालेको छ । छाडा कुकुरले खसी बाख्रा खाने र मान्छे टोक्न थालेपछि नगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण सुरु गरेको हो ।

पशु अधिकारका दृष्टिले मार्न नहुने भएपछि भाले तथा पोथी दुवै खाले छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको सिद्धिचरण नगरपालिकाका पशु शाखा प्रमुख प्रमित मगरले जानकारी दिए । हर्ट नेपालसँगको सहकार्यमा गत वर्षबाटै यो अभियान थालिएको र प्रभावकारी देखिएकाले यो वर्ष पनि छाडा कुकुर बन्ध्याकरण गरिएको उनको भनाइ छ । बन्ध्याकरण र खोप लगाएपछि कुकुर सुधो बन्ने, हत्तपत्त नटोक्ने, बच्चा नजन्माउने र जथाभाबी नहिँड्ने भएकाले बन्ध्याकरण तथा खोप लगाउन थालिएको उनले बताए ।

दुई सय छाडा कुकुरलाई हालसम्म बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाइएको छ । छाडा कुकुरले गतवर्ष मात्रै सदरमुकाम आसपासका किसानका दुई दर्जनबढी खसी बाख्रा मारेको थियो । सडकमा हुलै बाँधेर हिँड्ने र मोटरसाइकल तथा पैदल यात्रीलाई लखेटेर टोक्ने भएकाले बिहान बेलुका हिँडडुलमा जोखिम रहेको थियो । कुकुरको आतंक कम गर्न बन्ध्याकरणले योगदान पुगेको स्थानीय श्याम श्रेष्ठले बताइ  । नगरपालिकाले गत वर्ष देखी यो अभियान सुरु गरे पस्चात सदरमुकाममा दिनरात हुल बनेर हिँड्ने कुकुर निकै कम भएको उनको भनाइ छ ।

जिल्ला सदरमुकाम समेत रहेको सिद्धिचरण नगरपालिका क्षेत्रमा हरेक समय कुकुरले सर्वसाधरणका बाख्रा तथा गाईका बाच्छहरुलाई आक्रमण गरेर खाई रहेको अवस्थामा गरेको यो कार्य प्रसंशनिय रहेको छ । सडक कुकुरहरुको विगविगी रहि रहेको अवस्थामा जिल्लाका अन्य स्थानिय तहले पनि सिद्धिचरण नगरपालिकाको यो कार्यलाई पच्छ्याउँदै यस्तै कार्य गर्न सके भुस्याहा कुकुरबाट हुने आक्रमणबाट सर्वसाधरण समेत ढुक्क हुने थिए । मार्न नमिल्ने भएकाले साझेदार संस्था हर्टसँग मिलेर वैकल्पिक उपाय खोजिएको नगरपालिकाले जनाएको छ ।