Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

गोरखापत्रले हटायो २८ जना पत्रकारलाई, पत्रकार हटाउने कार्यप्रति महासंघद्धारा खेद प्रकट


समृद्ध अनलाईन १६ कार्तिक २०७८, मंगलवार २०:३२ मा प्रकाशित ( महिना अघि) १३०३० पाठक संख्या

काठमाडौं, कात्तिक १६ गते । गोरखापत्र दैनिकमा कार्यरत २८ पत्रकारलाई सस्थानले हटाएको छ । फरक आस्थाका कारण प्रदेश नं. १ का ६ जना सहित २८ जना पत्रकारलाई गोरखापत्र दैनिकले हटाएको हो ।

गोरखापत्र दैनिकले श्रमजीवी पत्रकारहरुलाई हटाएकोमा नेपाल पत्रकार महासंघ र समाजवादी प्रेस सङ्गठन, नेपालले खेद प्रकट गरेको छ । महासंघका महासचिव रोशन पुरी र सङ्गठनका संस्थापक संयोजक शम्भु श्रेष्ठले मंगलबार  विज्ञप्ति जारी गर्दै गोरखापत्रजस्तो गरिमामय प्रकाशन संस्थाले कुनै पनि आस्थाका आधामा श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन गर्ने कार्य जायज नभएकाले सम्पूर्ण पत्रकारलाई बिनासर्त काममा फर्काउन आग्रह गरिएको छ ।

मुलुकमा पाँचदलीय गठबन्धनको सरकार भएको अहिलेको अवस्थामा सरकारी स्वामित्वका सञ्चार संस्थामा गठबन्धनको मर्म, भावना र सहमतिका आधारमा निरुपण गर्ने पूर्वसहमति विपरित पत्रकार निकालिएकोमा दुःख व्यक्त गरिएको छ ।

गोरखापत्रले विभिन्न जिल्लाका २८ जना पत्रकारहरूलाई विभिन्न वाहना बनाएर हटाएकोमा आफुरुले गोरखापत्रका लागि हरसमय खटेर काम गरिहेको भए पनि फरक राजनीतिक आस्थाका कारण गोरखापत्रबाट बाहिरीनु परेको र कतिपयले गोरखापत्रका लागि काम गर्दा आफू अपांग समेत भइएको तर संस्थानले मूल्याङ्कन नगरेको सामाजिक सञ्जालमा दु;ख समेत ब्यक्त गरेका छन् ।