Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती


समृद्ध अनलाईन १८ कार्तिक २०७८, बिहीबार ०८:५८ मा प्रकाशित ( महिना अघि) ६४६५ पाठक संख्या

लक्ष्मी जयन्ती
कालो बादलबाट खसेको
अन्धकारमा भित्र पसेको,
ईश्वर हो कि भिखारी ?

ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवी लक्ष्मीप्रसाद देवकोटाले ।
माग्दछ करूणा भाइहरूमा
आई पृथिविवारि,
माग्दछ भिक्षा ईश्वर मेरो
आँगनको एक भिखारी ?

समाजको छर्लगं चित्रलाई वडो चित्तोकर्षक ढगंले पस्कने महाकवीका कृती अनि अन्तराष्ट्रिय लेखकहरु संगै अब्बल ढङ्गले पौंठेजोरी खेल्न सक्ने उनका कृतीहरुकै कारणले गर्दा होला देवकोटालाई कतिले ‘जियोग्राफिक मिस्टेक’ भनेंर समेत चित्रण गरेका छन् । स्वर्गमूमि नेपाल अनि नेपालको साहित्य रसका हिरा कृतीका सर्जक देवकोटा सबै नेपाली हृदयमा सदैव चम्किला तारा बनेर बिद्यमान छन् ।

आजको दिन नेपाली साहित्यकालागि अत्यन्त विशेष दिन हो । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन महाकवी लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतिको प्रसादका रूपमा जन्म भएको हो ।नेपाली साहित्य अनि वाङ्गमयमा महाकवी देवकोटाको योगदान उल्लेखनिय छ । वहाँका अमर कृतीहरुः मुना-मदन, कुञ्जीनि, शाकुन्तलजस्ता कृतीहरुले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन् ।

“क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन”

मुनामदनको यी श्लोक उतिबेला पनि नेपाली समाजमा समानता र विभेद विरोधी समाजिक न्यायको विगूल स्वरूप महाकवी छुवाछुत तथा अनेक जातजातिका सवालमा समान धारणा राख्दथे भन्ने स्पष्ट पार्छ, उतिबेलाको नेपाली समाजकालागि यो एउटा ठूलो क्रान्ति नै हुनुपर्छ । शायद यहि कारणले गर्दा होला उनको लेखनको चर्चा विभिन्न अन्तराष्ट्रिय लेखकहरुले पनि दिलखोलेर गरेका छन् ।

तिन महिनामा शाकुन्तल काव्य लेख्न सक्ने, १० दिनमा सुलोचना लेखेर भ्याउने र एक दिनमा कुञ्जिनी लेखेर भ्याइदिने देवकोटा उनै हाम्रा महाकवी लक्ष्मीप्रसाद देवकोटाको आजकै दिन अर्थात लक्ष्मीपूजा कै दिन जन्म भएको हो ।

“के नेपाल सानो छ र!” भन्ने महाकवी लक्ष्मीप्रसाद देवकोटाको निबन्ध त विधालय पाठ्यक्रममै पनि हामीमध्ये धेरैले पढेका छौं । निवन्ध स्वरुपमा अझ प्रखर र भरिला अभिब्यक्तिहरु दिनसक्ने महाकवीले सत्र वर्षको उमेरमैं भारतको पटनाबाट म्याट्रिक पास गरेर त्रिचन्द्र कलेज काठमाण्डौमा कलामा स्नात्कोत्तर अध्ययन गर्नुभएको हो । वहाँका मुनामदन, वनकुसुम, प्रमिथस लगायतका कृतीहरु अनि भिखारी, गाईनेको गीत, पागल, पुलती लगायतका कवितासंग्रहहरु नेपाली साहित्य अनुरागीकालागि सृजनाको कोशेढुङ्गा साबित भएको छ । वहाँका कृतीमा वेदना र रसिकताको अद्भुत मिश्रण सहितको एउटा सम्मोहन पाइन्छ ।

भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।

देवकोटाका जिवनका बिभिन्न घटनाक्रमहरु अत्यन्त प्रसिद्ध र अचम्म लाग्दा पनि छन् । बिद्यालय जिवनमा आफूले लेखेका कविताहरु साथीहरुलाई सुनाँउदा उनिहरुले त्यो कविता देवकोटाले ने लेखेका हुन भनेंर पत्याउथेनन । शुरुवातकालिन दिनहरुमा कवी शिरोमणी लेखनाथ पौड्यालका कृतीहरुबाट प्रेरित देवकोटा पछि गएर पश्चिमी सर्जकहरु वर्डसवर्थ र सेलीका अंग्रेजी सृजनाहरुलाई पनि पढ्न थाले । पढाई का हिसाबमा देवकोटाले आईएस्सी त्रिचन्द्र कलेज वाट गरेका हुन् भनें बिए बिएल चाँही पटना विश्वबिद्यालयबाट गरेका हुन् ।

बर्खामा पानी पर्दा छाताका कारणले कार्यालय ढिला पुगेका देवकोटाले एकदिनभरि नै लगातार छाताका बिषयमा भाषण गरिदिएका थिए । दिनै भरि एउटा उदेक लाग्दो विषयमा भएपनि आकर्षक शब्दहरुको माला र वहूआयाम केलाउनसक्ने देवकोटाको कलम र मस्तिष्कमा वास्तवमै लक्ष्मी र सरस्वतीका अवतारकै रुपमा नेपाली बाङ्गमयको प्रगतिकालागि आएका हुन् ।

वर्तमान त्रिभूवन विश्वविद्यालयको ब्यवस्थापन अनि बढोत्तरीकालागि पनि महाकवी आफू शिक्षा मन्त्रीहुँदा गरेका दूरगामी कदमहरु प्रशंसनीय छन् ।

चिताग्नि तापी जल डाल्न फाली
संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्य सरी बिलाएँ
जन्मेँ म यो स्वर्ग विषे पलाएँ
आखीर भै खाक त्यसै बिलाएँ।

वि सं २०१६ सालमा संसारबाट विदा भएका यिनै महाकवीको आजको यो जन्मजयन्तिमा वहाँप्रति श्रद्धासुमन । भाषा, साहित्य र हाम्रा मूर्दन्य साहित्यकार तथा श्रष्टाहरू वहाँहरूको सृजनासंगै जिउँदै हुनुहुन्छ र यो पृथ्वी रहुञ्जेल बाँचिरहनुहुनेछ । नेपाली साहित्यको जय होस्, नेपाली भाषा अमर रहोस् ।

0