Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

झापा विद्रोहका योद्धा मनकुमारको पक्कीघरमा बस्ने सपना पुरा हुँदै


समृद्ध अनलाईन १८ कार्तिक २०७८, बिहीबार १४:५० मा प्रकाशित ( महिना अघि) १४८४८ पाठक संख्या

अर्जुनधारा, कात्तिक १८ गते । झापा विद्रोहमा १७ वर्ष जेलजीवन बिताएका कम्युनिस्ट योद्धा मनकुमार तामाङको घर जनसहयोगबाट निर्माण गरिने भएको छ । झापा विद्रोहका ज्युँदो शहिदका रूपमा रहनु भएका तामाङको घर १२ लाखको लागतमा जनसहयोगमा निर्माण गरिने भएको हो ।

अर्जुनधारा नगरपालिका–१ खुदुनाबारी निवासी ७२ वर्षीय तामाङ काठको जीर्ण घरमा बिरामी पत्नी फुलमायाको हेरचाह गर्दै बस्दै आएका छन् । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्तीका अवसरमा उनको घरको शिलान्याश गरिएको छ । जनसहयोग सङ्कलन गरेर रु १२ लाखको लागतमा आधारभूत सुविधाजनक पक्की घर तीन महिनाभित्र निर्माण गरिने बताइएको छ ।

तामाङको अब बन्ने घर एक तलाको हुने र त्यसमा दुईवटा सुत्ने कोठा, एउटा बैठक कोठा र एउटा भान्सा कोठा हुने गरी घरको नक्शा तयार पारिएकोे छ। कम्युनिस्ट योद्धा तामाङ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सहयोद्धा र जेलका सहयात्री हुन् । लामो जेलनेल भोगेका राजनीतिक योद्धाका रुपमा राज्यका तर्फबाट पाएको रु ७५ हजारमा झापा र इलामको सीमास्थित जङ्गल छेउमा दुई दशक अघि पाँच कठ्ठा ऐलानी जग्गा खरिद गरेर काठको घरमा जसोतसो बस्दै आएका थिए । मुलुकको राजनीतिक परिवर्तनमा योगदान पुर्याएका व्यक्ति भएकाले तामाङप्रति उच्च सम्मान दर्शाउन घर निर्माण अभियान सञ्चालन गरिएको हो ।

उनको अवस्थाका विषयमा २०७६ मा समृद्ध अनलाइनमा पहिलो पटक झापा आन्दोलनका अगुवा तामाङ गुमनाम भन्नेशिर्षकमा समाचार प्रकाशन भएको थयिो । पछि तामाङको घर निर्माण अभियान गत वर्ष देखि अर्जुनधाराका पत्रकारले नै सञ्चालन गरेका थिए । तामाङले समृद्ध अनलाईन संग एउटा सानो पक्की घरमा बस्न र पक्की शौचालयमा शैच गर्ने सपना रहेको बताएका थिए ।

अहिले तामाङको परिवार बस्दै आएको घर बर्खामा पानी चुहिने गरेको छ । पानी खानका लागि पुरानो ट्युवेल प्रयोग गर्दै आएका छन् । उनीहरुले प्रयोग गर्ने शौचालयको छानो र भित्ता भत्किएर ह्वाङ्गै भएको छ । झापा विद्रोहको जगमा उभिएका र उक्त आन्दोलनलाई आदर्श मान्ने राजनीतिक दल सत्तामा पटकपटक पुग्दा र सहयोद्धा नै मुलुकको कार्यकारी प्रमुखको पदमा पुग्दासमेत तामाङको जीर्ण घरले काचुली फेर्न पाएको थिएन ।

घर निर्माणमा कुनै राजनीतिक उद्देश्य नरहेको र सबै पक्षको सहयोग जुटाएर निर्माण सम्पन्न गरिने लक्ष्य भएको निर्माण समितिका संयोजकपत्रकार कुमार भट्टराईको भनाइ छ । राजनीतिक आस्थाको आधारमा समितिका संयोजक भट्टराई नेपाली कांग्रेस हुन् । घर शिलान्यास कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरि कुमार रानामगर, नेकपा एमाले अर्जुनधाराका अध्यक्ष बलदेव गोम्देन, नेकपा (माओवादी) केन्द्रका नगर इञ्चार्ज नाराद तामाङ लगायतले मन्तव्य व्यक्त गर्दै मुलुकमा गणतन्त्र र लोकतन्त्र ल्याउनका लागि बलिदान गर्न तयार भएर सङ्घर्षमा होमिनुभएको जिउँदा शहीद तामाङको घर निर्माणमा पूर्ण सहयोग रहने बताएका थिए । घर निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै तामाङले पत्नी फुलमाया तामाङ मुटुको बिरामी भएको र उपचारका लागि अस्पतालमा पुर्याउन नसकेको बताए । उनले हाल बाँसको चोया काटेर डोको, नाङ्लो, भकारीलगायतका सामान बुनेर बजारमा बेच्दै परिवारको जीविका चलाउँदै आएका छन् ।

यो पनि हेरौं:

मर्ने बेलामा चिटिक्क परेको घरमा बस्ने र पक्कि चर्पिको रहर छः जनयोद्धा तामाङ

जनयुद्ध र जनआन्दोलनले भनेजस्तो परिवर्तन भएनः जनयोद्धा तामाङ