Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

१६ लाख बढी मूल्यको भारतिय चिनी बरामद


समृद्ध अनलाईन ३ मंसिर २०७८, शुक्रबार २२:२९ मा प्रकाशित ( हफ्ता अघि) ७५७६ पाठक संख्या

सुनसरी, मंसिर ३ गते । सुनसरीको दुई स्थानबाट भन्सार छलीगरे ल्याएको चिनी प्रहरीले बरामद् गरेको छ । प्रहरीले गाडी सहित ५६ बोरा भारतिय चिनी बरामद गरेको हो ।
गत मंसिर १ गते ईनरुवा नगरपालिका ९ पोखरीचोकमा अस्थायी प्रहरी पोष्ट पोखरी चोकबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा भारतवाट नेपाल तर्फ भन्सार छली ल्याउँदै गरेको प्र १–०२–००२ च ४९६१ नम्बरको पिकअप गाडीमा ५० बोरा भारतिय चिनी बरामद सहित सामान धनीलाई पक्राउ गरेको थियो ।
यसै गरी गढी गाउँपालिका ४ मा २ वटा मोटर साईकलमा सवार मानिसहरुले २ वोरा सुर्ति र ६ वोरा चिनी ल्याउदै गरेको अबस्थामा प्रहरीलाई देखी मोटरसाईकल र सामान छोडी भागेका थिए ।
बरामद गरिएको ५६ बोरा चिनी, सुर्ती सहितको मुल्य १६ लाख ८६ हजार ९ सय बराबरको रहेको छ । बरामद भएको सामान र सामान धनि सहित सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा वुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।