Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

उदयपुरमा प्रहरीको गाडी दुर्घटना, आधादर्जन घाईते


समृद्ध अनलाईन ३ मंसिर २०७८, शुक्रबार २३:१२ मा प्रकाशित ( हफ्ता अघि) ८८८९ पाठक संख्या

उदयपुर, मंसिर ३ गते । उदयपुरको कटारीबाट गाइघाटतर्फ आउँदै गरेको प्रहरीको गाडी शुक्रबार राती ९ बजे दुर्घटना हुँदा आधा दर्जनभन्दा बढी प्रहरी घाइते भएका छन् । गस्ती गरेर फर्कँदै गरेको जिल्ला प्रहरी कार्यालयको बा १ ग २१६८ नम्बरको ट्रक मदन भण्डारी लोक मार्गको उदयपुरगढी गाउँपालिका वडा न ७ अँध्यरीमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । गम्भीर घाइते भएकालाई उपचार गर्न जिल्लाबाहिर लगिएको छ। अन्यको उपचार जिल्ला अस्पतालमा नै भइरहेको उनले जानकारी दिए ।

२४ जना प्रहरी बोकेर आएको उक्त ट्रक ओरालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो।