Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

हिरासतभित्रै ७७ वर्षीया वृद्धाको मृत्यु


समृद्ध अनलाईन ४ मंसिर २०७८, शनिबार १९:२९ मा प्रकाशित ( हफ्ता अघि) ११४१४ पाठक संख्या

बझाङ, मंसिर ४गते । जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा रहेकी एक वृद्धाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया कृष्णादेवी रावलको हिरासत कक्षमै बेहोस भएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

आज बिहान एक्कासी बेहोस भएकी रावललाई जिल्ला अस्पताल सीमखेत लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख ज्ञानबहादुर विष्टले बताए । विष्टका अनुसार बिहान चिया खाने क्रममा रावल बेहोस भएकी थिइन् । उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए।

रावल र उनका छोरा जयबहादुर कर्तव्य ज्यान मुद्दामा कात्तिक २० गतेदेखि प्रहरी हिरासतमा थिए । जयबहादुरकी श्रीमती कात्तिक ७ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनका माइती पक्षले आमाछोरा मिलेर हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।