Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

मोटरसाइकल दुघर्टनामा परि एक जनाको मृत्यु , दुई घाइते


समृद्ध अनलाईन ७ मंसिर २०७८, मंगलवार १०:५७ मा प्रकाशित ( हफ्ता अघि) ९५९६ पाठक संख्या

रौतहट, मंसिर ७ गते । जिल्लाको प्रमुख गौर–चन्द्रपुर सडकमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गएराति गौर–चन्द्रपुर सडक स्थित बैजनाथपुर चोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको थियो । दुर्घटनामा परि चन्द्रपुर नगरपालिका–९ का २५ वर्षीय रामाशंकर साहको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख नायब उपरिक्षक लिलाराज लामिछानेले बताए ।

सोमबार राति १२ः५० मिनेटको समयमा ना ५३ प ६११२ नम्बर र विपरित दिशाबाट आइरेहेको ना ४३ प ६२४३ नम्बरको मोटरसाइक एक आपसमा ठोक्किएर साहको घटनास्थलमै मृत्यु भएको थियो । विपरित दिशाबाट आइरहेको मोटरसाइकलमा चालक गुजरा नगरपालिका–९ का मनोज चौधरी र सोही मोटरसाइकलमा सवार बृन्दावन नगरपालिका–७ कि कान्ति देवी चौधरी गम्भीर घाइते भएको डिएसपी लामिछानेको भनाई छ ।

घाइतेहरुलाई थप उपचारको लागि बिरंगज पठाइएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटना भएको दुवै मोटरसाइकललाई नियन्त्रण लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ ।