Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

ओखलढुंगा कांग्रेस सभापतिमा खनाल विजयी, पदाधिकारीमा दुबै समूह


समृद्ध अनलाईन ९ मंसिर २०७८, बिहीबार ०७:३९ मा प्रकाशित ( हफ्ता अघि) ६३४२९ पाठक संख्या

ओखलढुंगा , मंगसिर ९ गते । नेपाली कांग्रेस ओखलढुंगाको सभापतिमा तेजन खनाल”तेजेन्द्र” निर्वाचित भएका छन् । आफ्नो प्रतिस्पर्धि बालकृष्ण दाहाललाई १०० बढि मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् ।

ओखलढुंगामा भएको निर्वाचनमा खनालले ७०१मत प्राप्त गरेका थिए भने जिल्ला सभापतिका अर्का उम्मेदवार बालकृष्ण दाहालले ६११ मत प्राप्त गरेका थिए ।

त्यस्तै नेपाली कांग्रेस ओखलढुंगाको उपसभापतिमा कमल तामाङ र नवराज केसी निर्वाचित भएका छन भने सचिवमा राजकुमार ढुंगाना र अजय लुइँटेल विजयी भएका छन। त्यस्तै सहसचिवमा उज्जन बुढाथोकी र भोज कुमार श्रेष्ठ विजयी भएका छन ।