Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

प्रधानन्यायाधीश जबराविरूद्ध ‘बालुवाटार मार्च’


समृद्ध अनलाईन ९ मंसिर २०७८, बिहीबार १०:५० मा प्रकाशित ( हफ्ता अघि) ८८८९ पाठक संख्या

काठमाडौं, मंसिर १० गते । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पदमुक्त गर्न माग गर्दै आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुँदै छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दैै आन्दोलनरत नेपाल बार एसोसिएसन र अन्य पेशागत संघसंस्थाले दिउँसो २ बजे संयुक्त रुपमा ‘न्याय मार्चपास’ गर्न लागेका हुन् ।

नेपाल बार, सर्वोच्च बार,बृहत् नागरिक आन्दोलन, नेपाल शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा मार्च पास गरिन लागेको हो । प्रधानन्यायाधीश जबराविरूद्ध वकीलहरुको नेतृत्वमा मार्चपास

चरणवद्ध आन्दोलनमा रहेको बारले यसअघि प्रतिनिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ । बारले कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध तथा धर्ना कार्यक्रम गर्दै आएको छ । जबराको बहिर्गमनलाई एक मात्र मूल सर्त बनाएर बारको नेतृत्वमा एक महिनादेखि कानुन व्यवसायीहरुले देशव्यापी आन्दोलन जारी राखेका छन् ।