Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

एमाले महाधिवेशनमा भाजपाका डा‍. हर्षवर्धन र हरिश द्विवेदी सहभागी हुने


समृद्ध अनलाईन ९ मंसिर २०७८, बिहीबार १४:२९ मा प्रकाशित ( हफ्ता अघि) ५१५२ पाठक संख्या

काठमाडौं, मंसिर ९ गते । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट पूर्व केन्द्रीय मन्त्री डा.हर्षवर्धन र पार्टीका राष्ट्रिय सचिव हरिश द्विवेदी सहभागी हुने भएका छन्।

एमालेको १०औँ महाधिवेशन शुक्रबारबाट चितवनमा सुरु हुँदै छ । सो महाधिवेशनमा सहभागी हुन एमालेले स्वदेश तथा विदेशी विभिन्न राजनीति दलका नेताहरूलाई आमन्त्रण गरेको छ ।
एमालेले भरखरै मात्र एमालेबाट फुटेर बनेको नेकपा (एककिृत समाजवादी)लाई भने बहिष्कार नै गरेको छ ।