Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

छोराले धाेका दिए पछि बावुले गरे बुहारीसँग विबाह


समृद्ध अनलाईन १५ मंसिर २०७८, बुधबार १४:२२ मा प्रकाशित ( महिना अघि) ५७२६८ पाठक संख्या

एजेन्सी, मंसिर १५ गते । विवाह दुई शरिरको माध नभएर र दुई आत्माको पनि मिलन हो । मान्छे जन्मिन्छ हुर्किन्छ र ठुलो हुदै गएपछि विवाह गर्ने उमेर हुन्छ र विवाह गर्छ ।

विवाहका लागि मानिसले आफुले मनपाराएकोसँग होस भन्ने चाहान्छ । तर, जिवनमा मान्छेको धेरै जनासँग भेटहुन्छ र मन पनि पराउँछ तर जो भाग्यमा छ उसैसँग मात्रा लगनगाँठो हुन्छ भन्ने पनि चलन रहेको छ । हाम्रो नेपाली समाजमा सामान्तया मागी विवाह गर्ने चलन रहेको छ । जहाँ बुबाआमाले सबै हेरेर मात्र विवाह गर्ने गरिन्छ ।

पछिल्लो समय भने प्रेम विवाह गर्नेहरुको संख्या पनि तिव्र गतिमा बढिरहेको छ । परिवारको स्विकृति बिना भागेर गरीने विवाहहरुमा कुनैको राम्रो भएको छ भने कुनैको घरबार विग्रिएको छ । विवाह कसैको दबाबमा हुने गरेको छ भने त्यसले लामो यात्रा गर्न सकिदैन ।

हुनेवाला बुहारी सँग विबाह

छिमेकी देश भारतमा एक अनौठो खालको घटना घटेको छ । जहाँ परिवारको दवाबमा हुन लागेको बेहेमा छोरालाई दुलहा बनाएर बेहुली लिन गएका बावु आफै बेहुला बन्नु परेको छ । यो अनौठो खालको घटना विहारमा घटेको हो । आफ्नै छोराको कारण ६५ बर्षका रोशन लालले हुनेवाला बुहारीसँग विवाह गर्न बाध्य भएका छन् । छोराले धोका दिँदा उनले २१ बर्षकी कन्यासँग विवाह गर्नु परेको हो ।

रोसन लालको छोराको विवाह सपना नामकी युवतीसँग हुनेवाला थियो । उनी छोरालाई बेहुला बनाएर बेहुली लिन युवतीको घरमा पुगे । तर, छोरा मण्डपबाटै भागेको थियो । कारण यस्तो थियो कि उनको छोराको अर्कै युवतिसँग प्रेम सम्बन्धमा रहेको थियो ।

जन्ति खाली हात फर्कदा केटी पक्षको बदनामी हुने बताइएपछि रोशन लालले हुनेवाला बुहारीसँग नै विवाह गर्न बाध्य भए । र, उनले परिवारको इज्जत बचाउनको लागि मण्डपमै हुनेवाला बुहारीसँग विवाह गरेका हुन्।