Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

सोलुखुम्बुको पहलमान भिरबाट बोलेरो खस्यो


समृद्ध अनलाईन १८ मंसिर २०७८, शनिबार २०:३७ मा प्रकाशित ( महिना अघि) ३६६६४ पाठक संख्या

सोलुखुम्बु, मंसिर १८ गते । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ स्थित पहलमान भित्रबाट बोलेरो खसेको छ । शनिबार साँझ अन्दाजी ७ः३० बजे भिरबाट बोलेरो खसेको हो ।
जिप खस्दा चालक अन्दाजी ४०/४२ बर्षीय पुरुष घाईते भएका र उनको पहिचान भएको छैन । तर सवारी साधन भने फेला पर्न नसकेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले अचेत अवस्थामा दुर्घटना स्थलबाटै उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए ।

जिपमा कति यात्रु थिए वा खाली थियो भन्ने बारे खुल्न सकेको छैन् । चालक बोल्न नसक्ने अवस्थामा भएकाले दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।