Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

बस दुर्घटनामा घईते सह–चालकको मृत्यु


समृद्ध अनलाईन १९ मंसिर २०७८, आईतवार २१:५२ मा प्रकाशित ( महिना अघि) ८३८४ पाठक संख्या

सुनसरी, मंसिर १९ गते । कोशी गाँउपालिका ८ भाण्टाबरीमा यात्रुबस दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् ।

मृत्यु हुनेमा बसका सह–चालक सिरहा धनगढी नगरपलिका ८ का २६ बर्षिय जिवस यादव रहेका छन् । हिजो दिउँसो साढे १ बजे को १ ख ४९८८ नम्बरको बसले ओभरट्याक गर्दा को १ ख ६३७५ नम्बरको ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका यादवको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा आईतबार दिउँसो २ बजे मृत्यु भएको जिल्ल प्रहरी कार्यलय सुनसरले जनाएको छ ।

बस चालक सिरहा लाहान नगरपालिका ८ का अमित गुप्ता र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।