Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

उदयपुरका १५ द्वन्द्वपीडित परिवारलाई सम्मान


समृद्ध अनलाईन १९ मंसिर २०७८, आईतवार २२:२१ मा प्रकाशित ( महिना अघि) १८०८० पाठक संख्या

उदयपुर, मंसिर १९ गते । उदयपुरको त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरीले मुलुक परिवर्तनका लागि ज्यान गुमाएका सहिदलाई सम्मान गर्नसके मात्र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सफल हुने बताएकी छन् । त्रियुगा नपा ११ का सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका १५ परिवारलाई सम्मान गर्दै उपप्रमुख चौधरीले जनतासँग उपमेयर कार्यक्रमबाट द्वन्द्व पीडित तथा एकल महिलालाई केही सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।

वडाध्यक्ष विश्वराज भट्टराईले जनक्रान्तिबाट मात्र मुलुक परिवर्तन सम्भव हुने बताए । उनले द्वन्द्वपीडित परिवारको जीविकोपार्जनका लागि स्थानीय सरकारले योजना बनाउने बताए । मुलुक परिवर्तनका लागि ज्यान गुमाएका परिवारलाई राज्यले उपेक्षा गरेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई सार्थक बनाउन त्रियुगा नपा ११ वडा कार्यालयले आइतबार आयोजना गरेको टोल विकास संस्थासँगको अन्तरक्रिया र द्वन्द्वपीडित परिवार सम्मान कार्यक्रममा बोल्दै उनीहरूले परिवर्तनका लागि लडेकाहरूको उचित सम्मान हुनु पर्ने बताए ।