Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

ओखलढुंगाका प्रभावशाली नेता खतिवडा र सुनुवारले गरे केन्द्रीय सदस्यको उमेद्वारी घोषणा


समृद्ध अनलाईन २१ मंसिर २०७८, मंगलवार २१:४७ मा प्रकाशित ( महिना अघि) २८३८२ पाठक संख्या

ओखलढुंगा, मंसिर २१ गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा ओखलढुंगाका दुई प्रभावशाली नेताले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । संविधान सभाका सदस्य रामहरि खतिवडा र कांग्रेसका निवर्तमान जिल्ला सभापति प्रदिपकुमार सुनुवारले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् ।

देउवा निकट सुनुवार ओखलढुंगामा २ कार्यकाल सभापति भइ जिल्ला सदसमुकाममा पार्टी कार्यालय भवन निर्माण गर्न सफल भएका थिए । उनि आफ्नो समुहका नेताहरुलाई जिल्ला अधिवेशनमा पदाधिकारी निर्वाचित गराउन सफल भएका नेता हुन् ।

उनी अल्पसंख्यक कोटामा केन्द्रीय सदस्य भिड्दैछन् । उनी जत्तिको राजनिितक उचाई बनाएका संस्थापन समुहमा अल्पसंख्यक समुदायबाट उठेका नेता विरलै रहेका छन् । जिल्लामा आफ्नो गुट स्थापित गर्न १० वर्ष योगदान गरेका नेता सुनुवारलाई देउवाले आफ्नो समुहबाट केन्द्रीय सदस्य उम्मेदवार बनाउने निश्चित रहेको नेताहरुको भनाइ छ ।

त्यस्तै पूर्व सांसद तथा युवा नेता रामहरि खतिवडाले पनि केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवारी घोषणा गरेका छन् । सञ्चार माध्यममार्फत सहमहामन्त्री दावी गर्दै आएका उनी युवा पुस्तामा चर्चित छन् । उनी पनि संस्थापन पक्षका नेता हुन् । फरक गुटका नेताहरुसँग पनि उनको उत्तिकै नजिकको सम्बन्ध रहेको कार्यकर्ताहरु बताउँछन्।

सहमहामन्त्रीमा सिनियर नेताहरुलाई व्यवस्थापन गर्नै चुनौति देखिएपछि उनी केन्द्रीय सदस्य भिड्ने तयारीमा छन् । उनले भने, ‘सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाई, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’ १३औँ महाधिवेशनमा खतिवडा देउवा टिममा नपर्दा थोरै मतले पराजित भएका थिए ।