Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

क्याबात कांग्रेस र स्याबास कांग्रेस बनाउने अभियानमा जनप्रिय नेता खतिवडा


समृद्ध अनलाईन २२ मंसिर २०७८, बुधबार २१:०६ मा प्रकाशित ( महिना अघि) १८७८७ पाठक संख्या

ओखलढुंगा, मंसिर २२ गते । नयाँ पुस्तालाई क्याबात कांग्रेस र पुरानो पुस्ताको लागि स्याबास कांग्रेस भन्ने बनाउने अभियानमा लागेका रामहरि खतिवडा युवा पुस्ताका प्रिय मात्रै नभै युवाको ढुकढुकीमा वस्ने नेताको रुपमा चिनिन्छन् ।

ओखलढुगाको पात्लेमा जन्मिएका खतिवडा नेपाली कांग्रेसका प्रभावशालि नेताको रुपमा परीचित छन् । ओखलढुंगाबासीको हरेक सुखदुखमा मात्र होईन आम नेपालीको दुखमा साथ दिनु पर्छ भन्ने मान्यता राख्ने बिरलै नेता मध्यका एक हुन खतिवडा । सानै उमेरदेखि नेपाली काग्रेसमा आवद्ध रहेर बि पी कोइर्रला, गणेसमान सिंह र गिरिजा प्रसाद कोईरलाजस्ता नेपाली राजनीतिका युग पुरुषको आदर्श र प्रेरणाबाट अभिप्रेरीत भएका उनले काग्रेसका आन्तरीक तथा बाह्य सवै विषयलाई नजिकवाट नियाल्दै नेपाल र नेपालीकोे भलाईका लागी मात्र काम गर्दै आईरहेका छन् ।

युवाका समस्यालाई जोडदार उठान गर्ने मात्र हैन पुराना पुस्ताको सम्मानपनि गर्नु पर्छ भन्ने भावना भएकोले पनि खतिवडा प्रायः सवै उमेर वर्गमाझ लोकप्रिय छन् । अझ गृहजिल्लामा त उनि बालक युवा तथा बृद्धबृद्धा सबैको मन मुटुमा बस्न सकेका छन् । यतिबेला कांग्रेस १४ औं महाधिवेशनको सँघारमा रहेको छ । पार्टीको चौधौं महाधिवेशनमा उनि केन्द्रिय सदस्यमा उमेदवारी दिन लागेका छन् । चौधौं महाधिवेशन निति भन्दा पनि नेतृत्वमा केन्द्रित हुने बताउने खतिवडा “नयाँ पुस्तालाई क्याबात र पुरानो पुस्ताको लागि स्याबास कांग्रेस वनाउन आफ्नो उमेदवारी केन्द्रिय सदस्यमा रहने वताउँछन् ।

२०४५ साल मा १९ वर्षको उमेर नै नेपाली काग्रेस ओखलढुंगा जिल्ला कार्यसमितिमा रहेर काम गरेका थिए उनले । गाउँगाउँमा पुग्ने स्थानीयका पिडा गुनासा सुन्ने र ति कुरालाई पार्टी समक्ष राख्थे । त्यसैले पनि सानै देखि उनलाई जनताले विश्वास गर्न थाले । २०४८ साल देखि महाधिवेशन प्रतिनिधि हुँदै पार्टीको केन्द्रिय राजनीतिसंग नजीक रहेर सधै पार्टीको भलाईको लागी निस्वार्थ भावनाका साथ काम गरीरहे । निरन्तर पार्टी भित्र मात्रै काम गरेका खतिवडालाई २०७० सालमा प्रनितिधिसभाको चुनावमा पार्टीले टिकट दियो ।

ओखलढुगांको साविक क्षेत्र नम्वर २ बाट अत्याधिक मतका साथ निर्वाचित भए । निर्वाचित भएपछि उनले आफ्नो दायित्व कहिल्यै भुलेनन् । प्रत्यक मतदाता सगँ प्रत्यक्ष भेटघाट गर्ने, विभिन्न स्कुल तथा युवा क्लवहरुलाई आफ्नै खर्चमा खेल सामाग्री वितरण गर्ने कार्य खतिवडाले निरन्तर गरिरहेका छन् । यति मात्र नभएर उनले गरीव परीवारलाई विजिकोपार्जन सहयोगका लागी क्षमता अनुसारको रोजगारीका अवसर पनि सृजना गरेका छन् ।

यस्तै उनि सांसद हुँदा ओखलढुगांको शिक्षा, स्वास्थ्य गातायात तथा खानेपानीका लागी थुप्रै योजनाहरु पार्न पनि सफल भएका थिए । उनि आफ्ना कोहि मतदाता विरामी हुदाँ अस्पताल सम्म नै भट्न पुग्ने गर्दछन् । औषधि उपचारमा आर्थिक अभाव झेलरिहेका कतिपय मतदाताहरुलाई आर्थिक सहयोग समेत गर्ने गरेका छन् । अहिले ओखलढुगांका अन्य नेताले कुशल नेतृत्व खतिवडाबाट सिकेका छन् । उनि पार्टीमा युवा सहभागीता, नेतृत्वमा रहेर काम गर्न चाहानेलाई आफु पछाडी बसेर भएपनि उनिहरुलाई अवसर दिने नेताको रुपमा चिनिन्छन् ।

सफल र असफलताका तितामिठा अनुभवहरु, राजनितीमा लागेका ठेसबाट अझ बढि सिकेको वताउदै नयाँ ढगंवाट पार्टीलार्ई अगाडि बढाउन आफुले केन्द्रिय सदस्यमा उमेदवारी दिन लागेको उनि बताउँछन् । लेखा समिती सदस्य समेत भएका खतिवडा स्पष्ट वक्ताको रुपमा पनि चिनिन्छन् । पार्टीप्रतिको लगाव, निरन्तरता, मतदाताको भरोसाले कांग्रेसको ओखलढुगां जिल्ला कार्यसमिती देखिको यात्रालाई केन्द्र सम्म जोड्न सफल भएका छन् । प्रत्यक महाधिवेशनमा गाउँबाट चुनाव जित्दै आउने गरेको भएपनि अहिलेसम्म पार्टीको केन्दिय समितीमा रहेरकाम गर्ने कुनै अवसर प्राप्त नभएको हुँदा अब पार्टीको केही जिम्मेवारी सम्हालेर संगठनलाई नयाँ पुस्तासंग जोड्नका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको उनले बताए ।

अहिलेसम्म पार्टीलाई सुव्यवस्थित बनाउनकालागि गरेका त्यागका उनिसँग थुप्रै अनुभवहरु रहेको छन् । खतिवडा कुनै नेताको चाकडी नगरी आफ्नै क्षमताले तल्लो तहदेखि चुनाव जित्दै आउने नेतामा पर्छन् । केन्द्रका नेता होईन तल्लो तहका मतदाताको मन जितेर उनिहरुलाई खुशी बनाए थप जिम्मेवारी आफै मिल्ने उनको भनाइ छ ।  तल्लो स्तरबाट निरन्तर यसरी चुनाव जितेर आउने ब्यक्ति पार्टीमा पाँच सात जान भन्दा बढी नभएको हुँदा त्यही मध्यबाट आफुले उम्मेदवारी घोषणा गरेको उनको भनाई छ । २०१५ साल देखि नै नेपाली कांग्रेस सँधै पहिलो बन्दै आएको पार्टी अहिले दोश्रो बन्न पुग्दा दुःख लाग्ने बताउने खतिवडा अब फेरी पार्टीलाई पुरानै लयमा फर्काउन आफुले केन्द्रिय सदस्यमा उम्मेदवारी दिन लागेको बताउँछन् ।

केन्द्रिय सदस्यमा जितेमा कांग्रेसप्रति निराश भएका युवा कार्यकर्तालाई कांग्र्रेस तिर आकर्षण गर्ने, देशमा लगानीको वातावरण सिर्जना गर्ने, राष्ट्रियताको भावना अझ बलियो बनाउने, गुम्दै गएको न्यायपालिका प्रतिको विश्वासलाई सुदृढ बनाउनको लागि पहल गर्ने उनको भनाई छ । संविधान पुर्ण कायान्वयन, अव हुने स्थानीय प्रदेश र केन्द्रको चुनावमा नेपाली काग्रेसलाई पहिलो पार्टी बनाउने सकंल्प उनले लिएका छन् । त्यसका लागी गुटका मात्रै कुरा गरेर नहुने भन्दै सबैलाई गुट भन्दा माथी उठेर सहि नेतृत्व चयन गर्न पनि उनले आम मतदातालाई आग्रह गरेका छन् ।

जिल्लाकै पुराना कांग्रेस नेता बलबहादुर राई र सन्त नेता कृष्ण प्रसाद भट्टराईबाट प्रभावित भएर राजनीतिमा होमीएका खतिवडाले पार्टीमा सवै खाले विचारधाराका नेताहरु चिनेकोले उनिहरुबाट पार्टीलाई बचाउन आफुले केन्द्रिय सदस्यमा लड्न लागेको पनि नेता खतिवडाले स्पष्ट पारेका छन् ।