Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

बैकिङ कसुर मुद्धाको फरार प्रतिवादी पक्राउ


समृद्ध अनलाईन २६ मंसिर २०७८, आईतवार १९:०० मा प्रकाशित ( महिना अघि) १५२५२ पाठक संख्या

विराटनगर, मंसिर २६ गते । बैकिङ कसुर मुद्धामा फरार रहेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उम–महनगरपालिका–७ की ५० सुनिला याखा रहेकी छन् ।

उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, चष्त बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामाशनिबार पक्राउ गरेको हो ।

उनलाई बैकिङ कसुर मुद्धामा उच्च अदालत बिराटनगरको २०७८ बैशाख १६ गतेको फैसला आदेशले १ बर्ष ६ महिना कैद र नगद रु.५ लाख ८ हजार ३ सय ३८ रुपैया ३३ पैसा जरिवाना सुनाएको थियो ।

हालसम्म फरार रहेकी याखालाई हिजो पक्राउ गरी आइतबार सुनसरी जिल्ला अदालतमा दाखिला गराई कारागार चलान गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।