Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

पशी शेर्पा ट्रष्टले खिजीदेम्बाको बन्सेमा जिल्ला व्यापि रनिङशिल्ड भलिवल प्रतियोगिता आयोजना गर्दै


समृद्ध अनलाईन १ पुष २०७८, बिहीबार १८:३८ मा प्रकाशित ( महिना अघि) ५०१९८ पाठक संख्या

दावा जाङबु शेर्पा / ओखलढुंगा, पौष १ गते । पशी शेर्पा ट्रष्टले ओखलढुङ्गाले जिल्ला व्यापि भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । गायक गम्बु शेर्पाकी आमा, पशी शेर्पाको स्मरणमा निर्मीत ट्रष्टले आगामी फागुनको दोस्रो सातादेखि, उहाँकै जन्मथलो खिजिदेम्बा ६ मा जिल्लाव्यापि रनिङशिल्ड भलिवल प्रतियोगिता आयोजना गर्ने भएको हो।

उक्त प्रतियोगिता गर्न पासाङ निमा शेर्पाको अध्यक्षतामा २७ सदस्य र लालमान तामाङको संयोजकतामा ५ सल्लाहकार समिति समेत गठन भएको छ । प्रतियोगितामा प्रथम हुने टोलीलाई १ लाख १ हजार, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ५० हजार तथा सान्त्वना टोलीलाई २५ हजार नगद तथा मेडल र ट्रफि प्रदान गरिने ट्रष्टका संयोजक गम्बु शेर्पाले जानकारी दिए । ट्रष्टले हरेक बर्ष यस्ता कार्यक्रमलाई निरन्तरता दिने संयोजक शेर्पाको भनाइ छ ।

शिक्षा, स्वास्थ्य तथा खेलकुदको क्षेत्रमा प्रतिभावान जिल्लाबासीलाई राष्ट्रिय तथा अन्तराष्ट्र्रिय स्तरमा प्रतिनिधित्व गराउन सघाउने उद्देश्यका साथ निर्माण गरिएको ट्रष्टले, हरेक वर्ष खिजिदेम्बा गाउँपालिकाबाट कक्षा १२ मा उच्च अंक ल्याउने छात्रा तथा छात्रलाई जनही ५१ हजार नगद सहित प्रोत्साहन पुरस्कार प्रदान गर्ने समेत निणर्य गरेको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदरगर्दै गाउँपालिका भरिका स्वास्थ्य स्वयंमसेविकालाई नगदसहित सम्मान तथा प्रशंसा पत्र समेत प्रदान गरिने बताइएको छ ।