Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

विमला विम्बितको पहिलो गजल संग्रह ‘मनको एक्लो जून’ बजारमा


समृद्ध अनलाईन ४ पुष २०७८, आईतवार ०९:२६ मा प्रकाशित ( महिना अघि) १०६०६ पाठक संख्या

काठमाडौं, पुस ४ गते । साहित्यकार विमला विम्बितको पहिलो गजल संग्रह मनको एक्लो जून बजारमा आएको छ । बुधबार सिंहदरबारस्थित राष्ट्रिय महिला आयोगमा आयोजित एक कार्यक्रमकाबीच मनको एक्लो जूनको विमोचन पछि बजारमा पठाइएको हो ।

विम्बितको गजल संग्रह मनको एक्लो जुनको वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, प्राध्यापक डा. कृष्णहरि बराल, लगायतका अतिथिहरुले सामूहिक रुपमा विमोचन गरेका थिए । डिल्लीबहादुर ज्यू ठकुरीद्वारा प्रकाशित कुल १०५ वटा गजलहरु समावेश गरिएको सो पुस्तक आफ्नो लागि पहिलो भए पनि वषौँदेखिको लगावका कारण सार्वजनिक गर्न सकेको गजलकार विम्बितले बताइन् ।

परिमार्जन भनेको त हुँदै जाने भएको तर लेखनीको सुरुवात गर्नु नै ठूलो कार्य रहेकोबताउँद्र प्राध्यापक डा. कृष्णहरि बरालले गजलसंग्रहका लागि विम्बितलाई शुभकामना दिएका थिए ।