Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

आरआर क्याम्पसमा चिट चोर्न नपाउँदा परीक्षार्थीले कुटे शिक्षकलाई


समृद्ध अनलाईन ६ पुष २०७८, मंगलवार १३:१४ मा प्रकाशित ( महिना अघि) १२६२६ पाठक संख्या

काठमाडौं, पुस ६ गते । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर)क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटिएका छन् ।

क्याम्पसका उपप्राध्यापक ऋषिकेश दाहालकाअनुसार चिट चोर्न रोक्दा कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको हो । उनको टाउकोमा सात टाँका लगाउन परेको र पुडासैनीको मोडल अस्पतालमा उपचार भइरहेको छ।

कुटपिटका प्रत्यक्षदर्शीमा अर्का उपप्राध्यापक जगत नेपालले कक्षा सकेर निस्किँदा आरआरमा एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटेको देखेको बताए । उनले आफनोआँखै अगाडि घटना घटेको बताए ।

उनकाअनुसार घटनाबारे अहिले प्रशासनमा छलफल भइरहेको छ। शिक्षक पुडासैनीलाई कुट्ने परीक्षार्थी कुँवेर जेठारा हुन् । टनापछि आजको परीक्षा स्थगित भएको छ।
पढाई बन्द गर्ने निर्णय
यसै बिच विद्यार्थीले शिक्षक कुटेको विरोधमा रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षकहरुले पढाइ बन्द गर्ने निर्णय गरेका छन्  । रत्नराज्यलक्ष्मी क्याम्पस प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक स्थलमा प्राध्यापकहरु नै असुरक्षित हुने अवस्था रहेसम्म र आक्रमणकारीलाई गल्ती अनुसारको कारबाही नभएसम्म अध्यापन नगर्ने जनाएका हुन् ।

उनीहरुले विद्यार्थीबाट कुटिएर घाइते भएका प्राध्यापकको उपचार गर्न पनि माग गरेका छन् । क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले स्नातक तहमा प्राध्यापनरत एक शिक्षकलाई कुटपिट गरेका थिए ।