Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

ओखलढुंगामा थपिए ४ हजार मतदाता


समृद्ध अनलाईन ९ पुष २०७८, शुक्रबार १८:३८ मा प्रकाशित ( हफ्ता अघि) ११५१५ पाठक संख्या

ओखलढुंगा, पुस ९ गते । ओखलढुंगामा ४ हजार भन्दा बढी मतदाता थपिएका छन । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले गत मंसिर १७ गतेदेखी पौष ८ गतेसम्म जिल्लामा मतदाता नामावली संकलन विशेष अभियान सञ्चालन गरेको थियो ।

अभियानबाट ४ हजार ३ सय ५९ जना मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ । २ चरणमा जिल्लाका ७ स्थानिय तहमा सञ्चालन गरिएको अभियानमा सबैभन्दा बढी खिजीदेम्बा गाउँपालिकाबाट ८ सय २० र सबैभन्दा कम चिसंखुगढी गाउँपालिकाबाट २ सय ७४ जना मतदाता थपिएका कार्यालयले जनाएको छ ।

त्यस्तै मानेभञ्ज्याङ ५ सय १४, सुनकोशी ५ सय ८५, मोलुङ ४ सय ९२, चम्पादेवी ३ सय ८६ र लिखु गाउँपालिकाबाट ३ सय २७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले जानकारी दिए । अभियानकै अवधीमा जिल्ला निर्वाचन कार्यालयबाट ४७ र जिल्ला प्रसासन कार्यालयबाट ८ सय ९५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका उनको भनाइ छ ।

जिल्लाका ८ स्थानिय तह मध्ये सिद्धिचरण नगरपालिमा भने अभियान सञ्चालन गरिएको थिएन । नगरपालिकाको हकमा भने नगरक्षेत्रमै रहेको जिल्ला प्रसासन र निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावली संकलन कार्य जारी रहेकाले छुट्टै अभियान सञ्चालन नगरिएको न्यौपानेले बताए ।

अभियानबाट थपिएका मध्ये १९ जना जिल्ला बाहिरका रहेका निर्वाचन कार्यालयले जनाएको छ । गृह जिल्ला भन्दा बाहिर रहेका नागरीकले पनि सोहि स्थानको निर्वाचन कार्यालयबाटै मतदाता नामावलीमा आफ्नो नाम टिपाउन सक्ने अहिलेको नयाँ व्यवस्था अनुशार उनिहरुले नाम दर्ता गराएको निर्वाचन अधिकारी न्यौपानेको भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालयको तथ्यांक अनुशार जिल्लामा २०७८ पौष ५ गते सम्म १ लाख ६ हजार ६ सय ४२ जना मतदाता रहेका छन ।