Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

दुई सरकारी कार्यालयको भवन निर्माणर्थ जिल्ला समन्वय समितीले जग्गा उपलब्ध गराउने


समृद्ध अनलाईन १२ पुष २०७८, सोमबार २२:३५ मा प्रकाशित ( हफ्ता अघि) ३६०५८ पाठक संख्या

ओखलढुंगा, पुस १२ गते । जिल्ला समन्वय समिती ओखलढुंगाले दुई सरकारी कार्यालयलाइ जग्गा उपलब्ध गराउने भएको छ । कोष तथा लेखा नियन्त्रकण कार्यालय र सघन शहरी विकास कार्यालयको भवन निर्माणर्थ जिल्ला समन्वय समितीले आफ्नो स्वामित्वमा रहेको जग्गा उपलब्ध गराउने भएको हो ।

जिल्ला समन्वय समिती ओखलढुंगाको असोज २ र ३ गते बसेको जिल्ला समन्वय समितीको बैठकले सघन शहरी विकास कार्यालयको भवन निर्माणर्थ पनि ०–११–०–० क्षेत्रफल जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।  त्यस्तै गरी असोज २२ र २३ मा बसेको बैठकको निर्णय अनुसार कोष तथा लेखा नियन्त्रकण कार्यालयको भवन निर्माणर्थ १–१०–०–० क्षेत्रफल उपलब्त्र गराउने निर्णय गरेको थियो ।

जिल्ला समन्वय समितीको स्वामित्वमा रहेको कित्ता नं. ८६९ बाट १–१०–०–० क्षेत्रफलको जग्गा कोष तथा लेखा नियन्त्रण कार्यालयको भवन निर्माणको लागि उपलब्ध गारउने निर्णय भएको भए पनि १–८–०–० क्षेत्रफल मात्र उपलब्ध गराउने जिल्ला सभामा पास भएको जिल्ला समन्वय समिती ओखलढुंगाका प्रमुख जयबहादुर श्रेष्ठले बताए ।

सघन शहरी विकास कार्यालयको लागि कित्ता नं. १०१८ र सोही कित्तामा जोडीएको कित्ता नं. ८६९ बाट ०–११–०–० क्षेत्रफल जग्गा उपलब्ध गराउने पनि जिल्ला सभामा पास भएको उनले बताए । उक्त जग्गा नियम अनुसार कार्यालयहरुको नाममा हक भोग सहित उपलब्ध गराउनका लागि सहमती दिनलाई नेपाल सरकार समक्ष अनसरोध समेत गरीने उनको भनाइ छ ।

जिल्लामा रहेका कार्यालयहरु बिकेन्द्रित हुँदा कुनै दुई कार्यालयको काम लिएर सदरमुकाम आएको खण्डमा सर्वसाधरणलाई लामो समय खर्चिनु पर्ने अवस्थामा जिल्ला समन्वय समितीले जिल्ला सभाबाट यो निर्णय गर्नुले कार्यालय केन्द्रिकृत हुने र समय बचत हुने कतिपयको बुझाई रहेको छ ।