Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

जिल्ला समन्वय प्रमुख जयबहादुर श्रेष्ठको उदाहरणीय काम


समृद्ध अनलाईन १७ पुष २०७८, शनिबार १०:२१ मा प्रकाशित ( हफ्ता अघि) २८७८६ पाठक संख्या

गाउँको सुबिधाका लागि ८३ लाख लगानीमा ६.६ किमी सडक निर्माण

ओखलढुंगा, पुस १७ गते । केही वर्ष अघि सम्म ओखलढंगाका ग्रामिण क्षेत्रमा सडक थिएनन् । नुन तेल तथा अन्य उपभोग्य सामानको लागि अर्को जिल्लाबाट ढाकरमा बोक्नु पर्ने बाध्यता थियो यहाँका सर्वसाधरणलाई ।

उदयपुरको कटारी, सिन्धुली तथा दोलखाको चरीकोट र जीरी यहाँका स्थानीयको बजार थिए । जिल्लाको पूर्वी भेगमा रहेका सर्वसाधरणका लागि कटारी नजिकको बजार थियो । कटारीबाट छिटोमा ३ या ४ दिन थाप्लोमा नाम्लो र पिठ्युँमा ढाकर बोकेर मात्र नुन, तेल तथा अन्य उपभोग्य सामाग्री ल्याउनु पर्दथ्यो ।
बिस्तारै उदयपुरको घुर्मी सम्म सडक सञ्जालले छोयो पूर्वी भेग या सदरमुकाम आसपासका सर्वसाधरणलाई केही राहत मिल्यो । उदयपुरको घुर्मीमा सडक सञ्जाल पुगे संगै दोलखाको किर्नेटारमा खिम्ती जलविद्युत आयोजनाको निर्माण संगै रामेछापको खिम्ती सम्म सडक सञ्जालले छोए पछि पस्चिमी भेगका सर्व साधरणलाई पनि केही राहत मिल्यो ।

२०६४ सालको संवधानसभाको निर्वाचन अघि नै जिल्ला सदरमुकाम ओखलढुंगामा सडक पुगेको थियो । त्यस पछि हरेक स्थानीय निकायले आफ्नो गाउँमा सडक खन्ने होडबाजी नै चलेको थियो । तर, सविकका गाउँविकास समितिमा आएको विकास वजेटले मात्र त्यसको संभावना थिएन ।

ब्यक्तिगत लगानीमा गाउँमा सडक

जिल्ला सदरमुकाम र सिद्धिचरण राजमार्ग आसपाका गाउँ बहेक अन्य गाउँहरुमा सडक नभए पछि नुन, तेल तथा खाद्यन्न ढुवानी गर्न पिठ्युँ कै भर थियो भने बिरामीहरुका लागि पनि डोको र डोली भन्दा अन्य विकल्प नभएका कारण आफ्नो गाउँ सम्म सडक खन्ने योजना आफूले बनाएको तत्कालिन सिस्नेरी गाविस अध्यक्ष तथा जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख जय बहादुर श्रेष्ठले बताए ।

श्रेष्ठले गाउँका सर्वसाधरणले खेप्नु परेको दुःख कष्टलाई मध्यनजर गर्दै २०६६ माघ देखि २०६७ जेठ सम्ममा आफ्नै लगानीमा आफ्नो गाविसमा ६.६ किमी सडक निर्माण गरे । गाउँको फेदीमा रहेको मोलुङ खोला देखी सिस्नेरी भञ्ज्याङ सम्म सडक निर्माण भए पछि स्थानीयको दैनिकीमा समेत परीवर्तन आयो । हरेक दिन जसो गाउँमा ट्याक्टरले ढुवानी हुन लाग्यो । सर्वसाधरणले कटारी–घुमी देखी पिठ्युँमा भारीबोक्नुपर्ने बाध्यतालाई श्रेष्ठले निदान गरी दिए । उनले कल्लेरी–सिस्नेरी भञ्ज्याङ सम्म ६.६ किमी सडक ८३ लाख पैयाँमा निर्माण गरेका हुन् ।

त्यो समयमा त्यस स्थानका लागि कुनै योजना पारेर सडक निर्माण गर्न कुनै संभावना नदेखेर गाउँलाई सुविधा हुन्छ भने आफै लगानी गरेर सडक बनाउने योजनाका साथ लागि परेर सडक निर्माण गरेको प्रमुख श्रेष्ठले बताए । श्रेष्ठको लगानी तथा नेतृत्वमा निर्माण गरिएको सडक १८ फिट चौडा रहेको छ । आफूले लगानी गरेकै कारण पनि उक्त सडको नामाकरण जेबी मार्ग राखिएको प्रमुख श्रेष्ठले बताए ।

निर्माण भएको सडकमा हाल गाउँमा ट्याक्टर, जिप, तथा बस दैनिक आवातजावत गरीरहेका छन् । तर, थानीय तह निर्वाचन अघि सम्म आफैले मर्मत संहार गर्दै आएको भए पनि स्थनीय तह पुनःसंरचना पछि र निर्वाचन पछि स्थानीयतहको लगानीमा मर्मत संहार गरेर नियमित सडक सञ्चालन भएका उनले बताए । स्थानीय तह पुनः सरचना नभए सम्मको समयमा वर्षाको समयमा धेरै विग्रने भएकाले आफूलाई सडक सञ्चालन गर्न सकिन्छ सकिन्न भन्ने भए पनि स्थानीय सरकारले सहयोग गेका कारण सडक नियमित सञ्चालन भइ रहेको र आफ्नो गाउँका सर्वसाधरणले सुविधा लिन पाएको उनले बताए ।

आफ्नो जन्म भुमीमा आफूले सकेको योगदान गर्ने मनाय भई आफ्नै लगानीमा याजना सम्पन्न भइ सकेको हुँदा उक्त सडकको मर्मत, सम्भार, स्तरोन्नताी र समय सापेक्ष कालेपत्रे लगायतका सम्पुर्ण कार्याका लागि सडकको पूर्ण स्वामीत्व गाँपालिकालाई सुम्पिएको उनले बताए । अवको समयमा जेबी मार्गलाई सुचारु राख्न तथा कालोपत्रे सम्मको काम स्थानीय सरकारले गर्नु पर्ने उनले बताए ।