Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

भारतीय प्रधानमन्त्री मोदीलाई कालोझण्डा, महिलालाई गोली प्रहार


समृद्ध अनलाईन २० पुष २०७८, मंगलवार १६:४८ मा प्रकाशित ( हफ्ता अघि) २१६१५ पाठक संख्या

एजेन्सी, पुस २० गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिला रिता यादवलाई युपीको सुल्तानपुरमा गोली प्रहार भएको छ । अज्ञात व्यक्तिले उनलाई गोली प्रहार गरेका हुन् ।

गोली उनको खुट्टामा लागेको छ । उनलाई घाइते अवस्थामा सिएचसी लुम्भुआमा भर्ना गरिएको भए पनि त्यहाँ उपचार सम्भव नभए पछि पछि थप उपचारका लागि सुल्तानपुर जिल्ला अस्पताल पठाइएको भारतीय सञ्चार माध्यमहरुले जनााएका छन् । हाल त्यहाँ उनको उपचार भईरहेको छ ।