Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा बस्नेत नियुक्त


समृद्ध अनलाईन २१ पुष २०७८, बुधबार २२:२४ मा प्रकाशित ( हफ्ता अघि) १४९४९ पाठक संख्या

काठमाडौ, पुस २१ गते । राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेको हो। युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषद्को उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो।

गत पुस १ गते युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्रीस्तरीय निर्णयबाट सिफारिस समिति गठन गरेका थिए। सोही समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो। राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा १५ बमोजिम ४ वर्षे कार्यकालका लागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरिएको हो। उपाध्यक्ष पदमा नियुक्तिका लागि १२ जनाले आवेदन दिएका थिए।