Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

आज २०७८ साल पौष २२ गते बिहिवारको राशिफल


समृद्ध अनलाईन २२ पुष २०७८, बिहीबार ०७:५७ मा प्रकाशित ( हफ्ता अघि) १२६२६ पाठक संख्या

काठमाडौं, पुस २२ गते । आज २०७८ सल पसष २२ गते बिहीबार अर्थात ६, जनवरी २०२२ । पौषशुक्लपक्ष चर्तुथी तिथि, धनिष्ठा नक्षत्र, सिद्धि योग, विष्टि करण, चन्द्रमा कुभ्म राशिमा छ । आज सूर्योदय बिहान ६ बजेर ५७ मिनेटमा भएको छ भने सूर्यास्त १७ः२२ मा हुनेछ।

आज दिउसो १ः२८देखि २ः४७ सम्मको समय राहुकाल रहेको छ । ११ः४९ देखि १२ः३० सम्मको समय अभिजित मुहूर्त रहेको छ । राहुकालको समयमा शुभ कर्म नगर्दा राम्रो हुन्छ।

बिहीबारका दिन अध्ययन, अनुसन्धान, कुनै अध्यात्मक्षेत्रको यात्राका लागि शुभ मानिन्छ । आजको देवता श्री गणेश हो भने ग्रहदेव मंगल छ । आजदेखि पञ्चक पनि शुरु भएको छ । पञ्चकको पाँचदिन शुभ कर्मका लागि राम्रो मानिदैन । हिजोदेखि शुक्रअस्तसमेत भएकाले नैमित्य कर्मबाहेक काम्य कर्म गरिदैन । आगामी २७ पुसमा शुक्र पूर्वमा उदय भएपछि शुभकर्मका लागि बाटो खुल्नेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज कुनै समाचार सुन्नाले मनमा शान्ति छाउनेछ । आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सामाजिक सेवाको कामबाट तपाईंलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने छ । आजको दिन तपाईको मनमा खुसी छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धार्मिक यात्राको योग पनि रहेको छ । सामाजिक सेवाको कामबाट तपाईंलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने छ । आजको दिन तपाईको मनमा खुसी छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसायमा फाइदा होला । पुनर्मिलनको योग पनि रहेको छ । धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।

कर्कट (हि, हू, हे, हो, डा,डि, डु,डे,डो) स् कर्कट राशिका जातकका लागि तपाईंले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । त्यसैले आजको दिन मौन रहनु, नियमित काम बाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : सूर्योदयको दर्शन गर्नुहोला । तपाईंलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईंका लागि शुभ हुनसक्छ ।

कन्या (टो,प, पी, पू, ष, ण, ठ पे, पो): तपाईंको लागि यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला ( रा, री, रु, रे, रो, ता, ती, तु, ते): मानसिक असन्तोष र तपाईंले सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन तपाईंलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । आजको दिन गणेशको मन्दिरको दर्शन गरेर काम सुरु गर्दा शुभ हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

धनु (ये, यो, भा, भी, भु, ध, फा, ढ, भे): आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी):  आजको दिन तपाईंले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, द): मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।सामाजिक काममा मन जानेछ । तपाईंले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो,च, ची) : बिहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशि भएका ब्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक पठन र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थका लागि विहीबारको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ ।