Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

अर्जुनधारा नगरपालिकाले गर्यो चार वर्षे उपलब्धी सार्वजनिक, पूर्वाधार निर्माणमा जोड


समृद्ध अनलाईन २२ पुष २०७८, बिहीबार ०८:२८ मा प्रकाशित ( हफ्ता अघि) ८१८२ पाठक संख्या

अर्जुनधारा, पुस २२ गते । अर्जुनधारा नगरपालिकाले चार वर्षे उपलब्धी सार्वजनिक गरेको छ । बुधबारदेखि शुरु भएको नगरपालिकाको १०औं नगर सभामा ​बितेको चार आर्थिक वर्षमा भएको मुख्य उपलब्धीहरु सार्वजनिक गरिएको हो ।

उपप्रमुख एवम् बजेट तर्जुमा उपसमितिकी संयोजक कमला खतिवडा आचार्यले चार वर्षमा नगरपालिकाबाट सम्पादन भएका मुख्य उपलब्धीहरु उल्लेख भएको प्रतिवेदन सार्वजनिक गरेकी थिइन् । प्रतिवेदन अनुसार पूर्वाधार तथा विकास निर्माण क्षेत्र अन्तरगत नगरपालिकामा जम्मा १३.६ कि.मि. सडक कालोपत्रे निर्माण गरिएको छ । जसअनुसार अर्जुनधारा–१ मा पाँच सय मिटर, अर्जुनधारा–२ मा पाँच सय मिटर, अर्जुनधारा–३ मा छ सय मिटर, अर्जुनधारा–४ मा पाँच सय मिटर, अर्जुनधारा–५ मा पाँच सय मिटर, अर्जुनधारा–६ मा तीन हजार मिटर, अर्जुनधारा–७ मा चार हजार दुई सय मिटर, अर्जुनधारा–८ मा एक हजार नौ सय मिटर, अर्जुनधारा–९ मा आठ सय मिटर, अर्जुनधारा–१० मा छ सय मिटर र अर्जुनधारा–११मा पाँच सय मिटर सडक कालोपत्रे भएको छ ।

त्यसैगरी १४.१५ कि.मि. सडक मर्मत गरिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । जसअनुसार अर्जुनधारा–६र९मा दुई हजार छ सय मिटर, अर्जुनधारा–७ मा तीन सय ५० मिटर, अर्जुनधारा–८ मा छ सय मिटर, अर्जुनधारा–९ र ११मा पाँच हजार मिटर, अर्जुनधारा–९ र १०मा एक हजार दुई सय मिटर, अर्जुनधारा–१० र ११मा दुई हजार मिटर, अर्जुनधारा–११ मा एक हजार पाँच सय मिटर र अर्जुनधारा–१०मा नौ सय मिटर सडक मर्मत भएको छ ।

त्यस्तै चालु आर्थिक वर्षमा १२.४ कि.मि. सडक कालोपत्रे गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । जसअनुसार अर्जुनधारा–१मा एक हजार दुई सय मिटर, अर्जुनधारा–२ मा पाँच सय मिटर, अर्जुनधारा–३मा नौ सय मिटर, अर्जुनधारा–४ मा सात सय मिटर, अर्जुनधारा–५ एक हजार मिटर, अर्जुनधारा–६मा दुई हजार छ सय ७६ मिटर, अर्जुनधारा–७ मा एक हजार दुई सय मिटर, अर्जुनधारा–८मा एक हजार दुई सय मिटर, अर्जुनधारा–९मा आठ सय पचास मिटर, अर्जुनधारा–१०मा एक हजार तीन सय मिटर र अर्जुनधारा–११मा नौ सय मिटर सडक कालोपत्रे हुने भएको छ ।

त्यसैगरी नगरपालिकाले सामुदायिक विद्यालयको भवन १४ वटा, वडा नं।१, २, ३, ६, ९, १० र ११ वडा समिति कार्यालयको भवन, वडा नं. १, २, ५, ८, १० र ११ स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रस्तुत प्रतिवेदनमा स्वास्थ्य, कृषि, प्रधानमन्त्री रोजगार कार्यक्रम, न्यायिक समिति, पशुपंक्षी विकासलगायतका प्रगति विवरण पनि उल्लेख गरिएको छ ।

त्यस्तै नगरपालिकाले आर्थिक वर्ष ०७४/०७५मा ४४ करोड ६५ लाख ७५ हजार दुई सय ९८ रुपैयाँ, आर्थिक वर्ष ०७५/०७६मा ७५ करोड ५३ लाख ९९ हजार रुपैयाँ, आर्थिक वर्ष ०७६/०७७मा ६५ करोड ७३ लाख ३० हजार छ सय २३ रुपैयाँ र ०७७/०७८मा ७८ करोड ३९ लाख २१ हजार तीन रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यता सोही अवधिमा नगरपालिकाले आठ वटा ऐन्, तीन वटा नियमावली र १५ वटा कार्यविधि बनाएको छ । बनाइएका ऐन्हरुमा सहकारी ऐन् २०७८, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन् २०७७, अर्जुनधारा नगरपालिकाको नगर सभा र नगर कार्यपालिकाको निर्णय वा आदेश वा अधिकार पत्रको प्रमाणिकरण ऐन् २०७७, अर्जुनधारा नगरपालिकाको शिक्षा ऐन् २०७७, नगर प्रहरी व्यवस्थापन ऐन् २०७७, अर्जुनधारा नगरपालिकाको प्राकृतिक स्रोत तथा वातावरण संरक्षण ऐन् २०७७, अर्जुनधारा नगरपालिकाको कृषि व्यवसाय प्रबद्र्धन ऐन् २०७७ र न्यायिक समिति कार्यविधि सम्बन्धि ऐन् २०७५ रहेका छन् ।

त्यसैगरी नियमावलीतर्फ नगर कार्यपालिका कार्यविभाजन नियमावली २०७४, नगर कार्यपालिका कार्य सम्पादन नियमावली २०७४ र संक्षिप्त वातावरण अध्धयन तथा प्रारम्भिक वातावरणीय परीक्षण नियमावली २०७७ रहेका छन् ।

त्यस्तै कार्यविधितर्फ नगर कार्यपालिका बैठक सञ्चालन कार्यविधि २०७४, नगर सभा सञ्चालन कार्यविधि २०७४, नगर राजपत्र प्रकाशन कार्यविधि २०७४, अर्जुनधारा नगरपालिकाको शैक्षिक व्यवस्थापन कार्यविधि २०७५, करारमा प्राविद्यिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि २०७५, आन्तरिक आय संकलन९ठेक्का बन्दोवस्त० कार्यविधि २०७५, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धि कार्यविधि २०७५, उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्यविधि २०७५, अर्जुनधारा नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७५, योजना सञ्चालन अनुगमन तथा मूल्याङ्कन सम्बन्धि कार्यविधि २०७५, हेभी इक्विपमेन्ट सञ्चालन व्यवस्थापन कार्यविधि २०७५, अपांगता भएका व्यक्तिलाई परिचय पत्र वितरण कार्यविधि २०७५, नदीजन्य श्रमिक निर्देशिका २०७६, अर्जुनधारा नगरपालिकाको शेयर लगानी सम्बन्धि कार्यविधि २०७६ र रोग नियन्त्रण प्रकोप व्यवस्थापन कोष(सञ्चालन) कार्यविधि २०७७ रहेका समाचार पूर्वाञ्चल दैनिकमा अमित खम्बूले लेखेका छन् छन् ।