Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

भारतमा एकैदिन थपिए ९० हजार भन्दा बढी संक्रमित


समृद्ध अनलाईन २२ पुष २०७८, बिहीबार १२:४१ मा प्रकाशित ( हफ्ता अघि) ६३६४ पाठक संख्या

काठमाडौं, पुस २२ गते । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। पछिल्लो २४ घण्टामा ९० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एकै दिन ९० हजार ९२८ जनामा संक्रमण पुष्टि भएको र ३२५ जनाको ज्यान गएको हो । अघिल्लो दिनको तुलनामा बुधबार भारतमा ३० हजार भन्दा बढी संक्रमित थपिएका हुन् । मंगलबार थपिने संक्रमितको संख्या ५८ हजार ९७ थियो ।

भारतमा सक्रिय संक्रमितको संख्या अहिले दुई लाख ८५ हजार भन्दा बढी छ । कुल संक्रमितको संख्या तीन करोड ५० लाख भन्दा माथि पुगेको हो ।