Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

इटहरीमा बसको ठक्करबाट २ जनाको मृत्यू


समृद्ध अनलाईन २३ पुष २०७८, शुक्रबार १३:५३ मा प्रकाशित ( हफ्ता अघि) १०६०६ पाठक संख्या

सुनसरी, पुस २३ गते । सुनसरीमा यात्रु बसल ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । इटहरी उप–महानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बसले ठक्कर दिँदा संखुवासभाको खाँदवारी नगरपालिका–७ का २६ बर्षीय सन्तोष राई र सोही स्थानका २० बर्षीय अभि राईको मृत्यु भएको हो ।

बिहिीबार राती धरानबाट इटहरी तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८१९६ नम्वरको बसले बिपरीत दिशा तर्फ जादै गरेको को. २७ प २१९ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा दुबै जना घाईते भएका थिए । घाईते भएका मोटरसाईकल चालक संतोष राई र पछाडि सवार अभि राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यू भएको जिल्ल प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ठक्कर दिने बस र चालक इटहरी–४ का टिकाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।