Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

घरको पर्खालले किचेर एकको मृत्यु


समृद्ध अनलाईन २३ पुष २०७८, शुक्रबार २०:३४ मा प्रकाशित ( हफ्ता अघि) ८५८६ पाठक संख्या

मोरङ,  पुस २३ गते । मोरङको बेलबारी नगरपालिका १ पुरानो बेलबारीका ऋषि साहको घरको पर्खाल भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका १ का ४५ बर्षीय असोक खवास रहेका छन् ।  आज बिहान ९ बजे घर भत्काउने क्रममा घरको पर्खालले किचेर गम्भिर घाईते भएका खवासको उपचारको लागि नोबेल अस्पताल बिराटनगर लादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।