Advertisement
SKIP THIS
आज:  | Sat, 22, Jan, 2022
FLASH NEWS

पर्यटन प्रवर्दन गर्न देम्बा डाँडाबाट पोकली झरना सम्म ४२ किलोमिटर म्याराथन हुने


समृद्ध अनलाईन २४ पुष २०७८, शनिबार २२:४१ मा प्रकाशित ( हफ्ता अघि) १७२७२ पाठक संख्या

दावा जाङबु शेर्पा/ ओखलढुंगा, पुस २४ गते । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्दन गर्ने लक्ष्यसहित जिल्लाकै सबैभन्दा अग्लो रमाणीय थोलेदेम्बा डांडा ३३५० मिटर बाट ४२ किलोमिटरको ‘अल्ट्रा फुल म्याराथन’ हुने भएको छ ।
नेपाल सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्य सूचिमा परेका ओखलढुंगा जिल्लाको पश्चिम क्षेत्रमा पर्ने देम्बा डाँडाबाट पोकली झरना सम्म ‘अल्ट्रा फुल म्याराथन’ हुने भएको हो ।

नेपाल पर्यटन बोर्डको प्रवर्दन र ओखलढुङगा पर्यटन विकास समितिको आयोजनामामा फागुन १९ गते म्याराथन हुने भएको हो । म्याराथनमा ओखलढुङगाको थोलेदेम्बा डांडा र पोकली झरना लगायत त्यस क्षेत्रको पर्यटन प्रवर्दन गर्ने लक्ष्य राखिएको आयोजक समितिका महासचिव पासाङ शेर्पाले बताए । तीनहजार तीन सय पचास मिटरबाट शुरु हुने म्याराथन नेपाल सरकारले घोषण गरेको सय पर्यटकीय गन्तव्य सुचिमा परेको नेपालको दोस्रो अग्लो झरना पोकलि झरना आएर टुङगिने आयोजकले जनाएको छ । म्याराथनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट ५० बढी प्रख्यात धावकको सहभागी हुने र महिला तथा पुरुषलाई छुट्टा छुट्टै विधा राखेर आयोजित म्याराथनमा प्रथम हुने महिला र पुरुष जनही नगद ६० हजारसहित ट्रफी प्रमाणपत्रले सम्मान गरिने छ।

त्यस्तै, दोस्रो हुनेलाई ४५ हजार तेस्रो, हुनेलाइ ३० हजार र चौथो हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिनेछ। खेलाडीलाई खानबस्नको व्यवस्था समेत आयोजकले गरेको महासचिव शेर्पाको भनाइ छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलकुद पर्यटकको सम्भावना बढी रहेकाले म्याराथनको आयोजना गरिएको आयजकको भनाई छ ।

सुन्दर र रमणीय क्षेत्र रहेको देम्बा डाँडाबाट सगरमाथा, मकालु, कञ्चनजंगा, ल्होत्से लगायतका अग्ला हिमालशिखरको नजिकबाट अवलोकन गर्न पाइने र दुई दर्जन बढी गुराँस प्रत्यक्ष हेर्न पाइन्छ ।